नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनद्धारा निर्देशक तथा संगठनका मानार्थ सदस्य माधव राज खरेललाई चलचित्र रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने घोषणा ।
काठमाण्डौ – चलचित्र निर्देशक एवं नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनका मानार्थ सदस्य माधव राज खरेललाई यस संगठनले  आगामि आर्थिक वर्षमा चलचित्र रत्न पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरेको छ । यहि साउन १६ गते राजधानी काठमाण्डौमा सम्पन्न भएको  संगठनको पाँचौ अधिवेशनबाट खरेललाई रत्न पुरस्कारद्धारा सम्मानीत गर्ने निर्णय पारित भएको हो । 

विश्वमै  पहिलो पटक संसारको अग्लो स्थानमा गएर म्युजिक भिडियो निर्देशन गर्दै गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल निर्देशक खरेलले आफ्नो मात्रै नभएर  यस संगठन र सिंगो नेपालको नाम विश्वमा चिनाउन सफल भएको भन्दै अधिवेशनमा  प्रशंसा समेत गरिएको थियो । मिति २०७१ सालमा नै निर्देशक खरेलको  चलचित्र प्रतिको योगदानको कदर गर्दै मानार्थ सदस्यता प्रदान गरिएको थियो ।

नेपाली चलचित्रको इतिहासमै पहिलो पटक मौन चलचित्र ढुङ्गे, युग, ढुङ्गे युग–२, विरानो माया, दुर्गामाण्डौ, कुइनेटो लगायत दर्जनौ चलचित्रहरुको सफल निर्देशन गरिसक्नु भएको  छ भने उनका चलचित्रहरुले विभिन्न किसिमका राष्ट्रिय तथा अन्तराष्ट्रि सम्मान तथा अवार्डहरु समेत  प्राप्त गरिसकेका छन् । शिर्जनशिल निर्देशकिय क्षमता भएका खरेलको यस क्षेत्रप्रतिको लगाव र निरन्तरताको सह्रान नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनले गरेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..