अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वडा नं.३, ठाडामा जन्मिएका राजन अधिकारी गित संगित क्षेत्रमा निकै लागि परेका छन् । सानै उमेरमा आफु लाई परिचीत बनाउन सफल भएका छन् ।
गाउँ घरमा रेडियो बाट गित बजेको सुन्दा आफु लाई पनि गित गाउन मन लाग्ने गरेको बताए । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गायक राजन अधिकारीसँग गरेको रमाइलो कुराकानी :

० आजभोलि केमा व्यस्त हुन्छ नि ?
गित संगितमा केही नयाँ अनि केही फरक र राम्रो गर्छु भन्ने आकाश जतिकै ठूलो सपना बोकेर म राजधानी छिरेको आज एक वर्ष भैसकेको छ । शिक्षा बिनाको जीवन जुन बिनाको रात जस्तै हो भन्ने सिद्दान्त लाई आत्मसाथ गर्दै म पढाइ लाई पनि निरन्तरता दिदै आइहरेको छु। कुनै पनि क्षेत्रमा सफल हुनको लागि मान्छे लाई प्रतिभा मात्र भएर हुदैन प्रतिभा सिकाइ र धैर्यता हुन जरुरी छ । त्यसैले गर्दा पनि म आफु लाई सिकाइमै व्यस्त बनाउदै छु । संगित सिक्दै, नृत्य सिक्दै आफ्नो विषयगत भन्दा बाहिरी कुराहरुको अध्यान गर्न कुराहरुमै आफु लाई व्यस्त बनाउदै आइरहेको छु।

० तपाईंको गीत संगितको यात्रा कसरी सुरु भयो ?
एक दिन विद्यालयमा कार्यक्रम भएको थियो । मैले पनि त्यो कार्यक्रममा आफ्नो प्रतिभा देखाउछु भन्ने लागेर गित गाउने जर्मको गरे । उक्त कार्यक्रममा मेरो लागि धमाकेदार ताली बज्यो म त्यतिबेला प्रथमत भइन तर त्यहाँ बसेको एकजना सरले बाबू तेरो आवाज धेरै राम्रो छ । भविस्यमा राम्रो गायक बन्नु है भनेर दस रुपैया हातमा थमाइदिनु भयो । रातो टीका निधारमा लगाउने लोभले गित गाएको थिए । विद्यालयमा हुँदै स्थानिय स्तर सम्मको प्रतिस्पर्धामा भिड्दै हिड्न थाले सानै उमेरमा पनि स्थानिय हुँदै जिल्ला र जिल्ला हुँदै प्रदेश सम्मको प्रतिस्पर्धामा म भाग लिए कतै सफल भए त कतै असफल भए हार बाट अनुभव लिए भने जित बाट थप चुनौती थपिएको महसुस गर्दै अगाडि बढिरहेको छु ।

० नेपाली गीत संगीत कस्तो होस जस्तो लाग्छ ?
गित संगित भनेको मन भुलाउने माध्यम मात्र कदापी हैन । कुनै पनि सिर्जनाहरु सुन्दा वा हेर्दा मान्छेले सोझै आँखाले थाहा पाउन सकुन कि यो गित यस्तो रहेछ हो गित संगित त्यस्तै हुनु पर्छ । गित भित्र मान्छेका मनको भावना लुकेका हुन्छन । कुनै पनि गित सिर्जना गर्दा सर्जकले आफ्नो कथा आफ्नो भोगाइ भन्दा पनि माथी रहेर समजाको यथार्थता सामाजिक प्राणी मानिसको जीवनसँग मेल खाने गितहरु बजारमा ल्याउनु पर्छ । गित संगितले समाजमा रहेको नकारात्मकत कुरालाई सकारात्मकतामा बदल्ने हुनुपर्छ । म चाहान्छु हरेक सर्जकले चर्चा कमाउन भन्दा पनि समाज लाई सकारात्मक परिवर्तन ल्याउने तवरले गित सिर्जना गरून् ।

० गीत संगीत बाहेक के गर्नु हुन्छ ?
म गित संगित बाहेकका अन्य विभिन्न क्षेत्रमा पनि हात हाल्दै आइरहेको छु । भनिन्छ नि जब गर्दा गर्दै पनि कुनै पनि क्षेत्रमा सफल भइदैन तब त्यो क्षेत्र हैन आफू हिडेको बाटो बदल्नु पर्छ । मलाई आफू काल्पनिक कार्य गर्न बढी उत्साह आउने गर्छ । बिभिन्न पत्रपत्रिकामा समाजको समस्याहरु लाई नियालेर लेखहरु लेख्ने गर्छु । साहित्यमा विशेष रुचि भएकाले साहित्य कोर्ने गर्छु । उपन्यास लेख्ने गर्छु । पढाई नछोड्ने अठोट लिएर यसलाई पनि निरन्तरता दिदै आइरहेको छु। कामको हिसाबले भनौ भने पहिला मैले पुस्तकालय, दोहोरी साझ जस्ता विभिन्न थरिका क्षेत्रमा काम गर्ने गर्थे तर पछिल्लो समय गित संगित बाटै आफ्नो गुजारा हुने भएकोले म आफुलाई पढाइ र गित संगित सिक्ने सिकाउने काममै व्यस्त हुदै आइरहेको छु ।

० कलाकारहरु गीत संगीत बाट नै बाँच्न सक्छन् ?
मलाई लाग्छ कलाकार दुई थरिका हुन्छन् । एक आफै बनेका अर्का अरुले बनाएका । गित संगित बाट जीवन चलाउन सहज छ त भन्ने प्रस्नको उत्तर मैले भन्नू भन्दा पनि गहिरिएर यस क्षेत्रमा नियाल्ने हो भने जो कसैले पनि थाहा पाउन सक्छ। आफै बनेका कलाकार हुन्छन जसले समय समयमा राम्रो सिर्जना बजारमा ल्याउने गर्छन आफै चर्चित हुन्छन आफै कार्यक्रम धाउने गर्छन जसको जीवन सहज नै भैरहेको देख्न सकिन्छ । तर जब कुरा आउँछ अरुले बनाएका कलाकारको उनिहरु सदै पर्खाइमा हुन्छन कसले गित दिन्छ गाउला अनि मेरो चर्चा होला भनेर। अहिले त भाइरलको जमाना पनि छ कोहि मान्छे यतिकै भाइरल हुन्छ भने अलि अलि स्वर भए त्यो गायक बन्छ नभए अभिनय गर्छ र रातारात उसले आफ्नो जीवन बद्लिएको महसुस गर्छ। जब सम्म दर्शकहरु त्यो भाइरललाई हेरेर मिच्छिदैनन त्यो भाइरल मान्छे लाई आफू खत्रा भए म ठूलो भए लाग्छ जब दर्शकले बिस्तारै उसलाई हेर्न छाडछन । सर्जकहरुले भाइरल लिन छोड्छन अनि त्यो भाइरल मान्छे डिप्रेसनमा जान्छ आफै अगाडि बढ्ने उसँग कुनै क्षमता हुदैन र आफु लाई कुनै बेला भाग्यमानी सम्झिने उसले त्यो बेला संसारकै अभागी मान्छे सम्झन्छ । अनि भन्छ यो गित संगितमा लाएर भविस्य छैन। जसले गित संगित नजिक बाट बुजेको हुन्छ जसले राम्रो सिर्जना बजारमा ल्याउछ उसले सहज जीवन बिताएकै हुन्छ ।

० गित संगितमा नकारात्मक कुरा अल्लि बढि आएका होइनन् ?
दिनको रात भए झै, घामको पानी भए झै, सकारात्मकको पनि नकारात्मक हुने गर्छ । हरेक कुरामा दुई वटा पाटा हुने गर्दछ्न । यदि दिन भएर रात नभए के हुन्थ्यो होला ? हो त्यसरी नै गित संगितमा मात्र नभएर हरेक क्षेत्रमा दुई वटा आयाम हुने गर्छन सकारात्मक र नकारात्मक । हरेक सर्जक लाई हरेक गित संगितका बिद्यार्थीलाई एउटा लोभ हुने गर्छ आफू कसरी चर्चित बन्ने, आफु लाई धेरै भन्दा धेरै दर्शकले चिन्नुन भनेर । कलाकारिता क्षेत्रमा लागि सकेपछी सबै लाई लाग्छ बाटोमा हिन्दा पनि कसैले फोटो खिचौ नभन्दै सम्बोधन गरोस यस्तो चाहाना पक्कै पनि सबै कलाकारलाई हुने गर्छ । यहि चाहाना पूरा गर्नको लागि कसैले सकारात्मक त कसैले नकारात्मक कामहरु पनि गर्ने गर्छन । हाम्रो समाज सकारात्मक भन्दा नकारात्मक कुराको छिटो चासो लिने हुँदा पनि कलाकारहरुले छोटो बाटो रोजेको हामिले देखिरहेका पनि छौ । गित संगितमा सकारात्मक मात्र पनि छैन नकारात्मक पनि धेरै कुरा छन् । गित संगितमा केही नयाँ गर्छु भन्ने भावले पनि कलाकारले गित संगितको मर्यदा माथी नै आच आउने गरि काम गरेको हेक्का उनिहरिले राखेको छैन्न ।

० कसको प्रेरणाले गीत संगीतमा लाग्नु भयो ?
म गित संगितमा लाग्नुको प्रेरणाको श्रोत मेरो आमा हुनुहुन्छ । आफू जन्मेको डेढ वर्षमै मैले मेरि आमा गुमाए । म ठूलो हुँदै गए पछि मैले थाहा पाए मेरि आमाले मलाई गायक बनाउने ठूलो सपना देख्नु भएको थियो रे । हरेक मान्छे जन्मनुको कुनै कारण हुन्छ रे सायद मलाई भगवानले गित गाउनै पठाउनु भएको हो । त्यसैले पनि म गित संगितमै लागेको छु। आमाको सपना ,आफ्नो रुचि, गाउँघरको सुझाव सल्लाह नै मेरो लागि गित संगितको प्रेरणा बनेको हो । जब जब म खुसी हुन्थे गित बजाएर नाच्ने गर्थे, जब जब दुख पर्थ्यो आफै गित लेख्न थाल्थे त्यसरी पनि था भयो म गित संगितकै लागि जन्मिएको मान्छे हो भनेर । मेरि आमा, घरपरिवार, छिमेकी र मेरो जिवनमा आउने सुख र दुख मेरो लाई गित संगितमा आउने प्रेरणा बनेको हो ।

० घरपरिवार बाट कतिको साथ छ ?
घरपरिवारले सोचे अनुरुपको कार्य नगर्दा पक्कै पनि कसैको परिवार खुसी हुनुहुदैन होला मेरो पनि त्यस्तै थियो। सुरुमा गित गाउदै हिन्दा यसले जिन्दगीमा केइ पनि गर्दैन समेत भन्नुहुन्थ्यो परिवारमा ,गित संगितमा भविस्य नै छैन खुरुखुरु नपढेर गाइने बनेर हिन्छ भनुहुन्थ्यो । जति भने पनि नलागेसी परिवारपनी साथ दिन बाध्य हुनु भयो। त्यतिबेला गित संगितमा लागेर जिन्दगी बिगार्ने भो भन्ने मेरो परिवार अहिले मेरो चर्चा र कामले धेरै खुसी हुनुहुन्छ। अहिले मलाई परिवारको पूरा समर्थन रहेको छ र म पनि धेरै खुसी छु।

० तपाईंको भाबि योजना के छ ?
भनिन्छ आफ्नो भावी योजना कसैलाइ सुनाउनु हुदैन। मैले धेरै योजना बनाउदै आइरहेको छु । मैले योजना बनाउदै त्यसलाई पूरा गर्न साथ अर्को योजना बनाइनै हाल्छु। गित संगितमा केही फरकपन ल्याउने मेरो कोसिस छ। भविस्यमा म गित संगितमा मात्र न अल्झिएर ,पढाइलाई पनि माथी लिएर केही गर्ने सोचमा छु । आफ्नो राम्रो सिर्जना बजारमा ल्याउने सोचमा छु । आफ्नो आवाज हुँदै आफ्नो गितमा आफ्नै अभिनय गर्दै म फिल्म सम्मको यात्रा तय गर्ने योजनामा छु । जिवनमा एउटा पुस्तक नलेखी त मर्दिन भन्ने मेरो सानै देखिको सोच छ त्यस लाई पूरा गर्ने तयारीमा छु। पहिले आफु लाई सबै दर्शकहरु सामु सकारात्मक तवरले चिनाउने कसरी भनेर त्यसमा नै लागेको छु। आफू चिनिदै र दर्शकको प्यारो हुँदै गए पछि बिस्तारै आफ्ना योजना आफ्ना कल्पनाहरुलाई प्रयोगत्मक रुपमा पस्किने मेरो योजना रहेको छ।

० दर्शकहरुको माया कतिको पाई राख्नु भएको छ ?
छोटो समयमा धेरै दर्शकको माया पाउने भाग्यमानी कलाकार मध्यको म पनि एक हु जस्तो लाग्छ मलाई । सामाजिक सन्जालका विभिन्न माध्यममा मलाई दर्शकहरुले माया गर्दै आइरहनु भएको छ । टिकटक, युटुब र फेसबुक जस्ता सामाजिक सन्जाल मार्फत मलाई दर्शकले फलो गर्दै आइरहनु भएको छ । मेरा गित सुन्दै आइरहनु भएको छ। धेरै दर्शकहरुले कमेन्टमा यो भाइ एक दिन इतिहास बन्छ भन्ने जस्ता कुराहरु लेखेको देख्छु । उहाँहरुको यस्ता प्रतिक्रियाहरुले आफू केइ गर्न सक्छु है भन्ने अझ आत्मशक्ती बढेर आउँछ।

० अन्त्यमा के भन्न चाहानुहुन्छ ?
अन्त्यमा यती भन्न चाहान्छु कालाकार म आफू बन्छु भनेर हुदैन तपाईं दर्शकहरुले बनाउनु पर्ने हुन्छ । मलाई छोटो समयमा तपाईंहरुको मायाले म कलाकार बन्न सक्षम छु है भन्ने भान दिइरहनु भएको छ।

तपाईको प्रतिक्रिया

शिक्षा क्षेत्रका माफियाहरु धेरै सलबलाए : इन्दिरा हुमागाई प्रशासन प्रमुख फुल्चोकी नर्सिङ क्याम्पस