सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं.४ डाँडाकटेरीमा जन्मिएर काठमाण्डौंलाई कर्मभुमी बनाउदैं नेपाली म्युजिक भिडियोहरुमा मोडलको भुमीकामा निकै ब्यस्त बनेका छन् आर्यक कार्की । सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा होमिएको बताउछन । ब्यावसायी भएपनी आफनो मेहनत गरे अनुसार कलाकारिता क्षेत्रमा ब्यापक सफलता पाइरहेका छन् । उनी कलाकारिताको लागी निकै लागिपरेका छन् । छोटो समयमै उनलाई सफलता पनि मिलेको छ । दर्जनौ नेपाली लोकदोहोरी गीतहरुमा मोडल आर्यनलाई देख्न सकिन्छ । आफनो बाल्यकालको सपना पुरा गर्नको लागी साथै नेपाली मौलिक गीत संगीतलाई आफुले केही योगदान पुर्याउने उदेश्यले लागेका आर्यन कार्कीसँग नव क्षितिज साप्ताहिको लागी दिनेश भण्डारीले गरेको बिशेष कुराकानी

० आज भोलि के मा ब्यस्त हुनुन्छ ?
हजुर आज भोलि कलाकारिता अनि आफ्नै सानो ब्यक्तिगत कामहरुमा नै ब्यस्त छु ।

० तपाईको कलाकारिता यात्रा कस्तो चल्दै छ ?
मेरो कलाकारिता यात्रा चाहि अहिले सबै तिर प्रतिस्पर्धाको जमाना छ त्यसमा पनि रमाइलो र राम्रो ठिकै चलिराको छ ।

० तपाईले नेपाली कलाकारितालाई कुन रुपमा देख्नु हुन्छ ?
मैले चाहि नेपाली कलाकारितालाई आफुमा भएको कला लाई दर्शक सामु प्रस्तुत गर्ने ठाउँ जस्तो लाग्छ । तर पछिलो समय एउटा भाइरलको माध्यम भएको देख्छु । भाइरल हुने ट्रेण्डले गर्दा कलाकारिता क्षेत्रनै पहिलाको भन्दा फरक भैरहेको छ ।

० तपाई कलाकारिता क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
म चाहिँ सानै देखि लोक दोहोरी गित त्यसमा पनि मार्मिक गित मनपर्ने अनि गाउँको गायक दाइ हुनुहुन्थ्यो । उहाँको गित चिलाउने डाँडागाउँ गितमा भिडियो गर्ने मौका निर्देशन मिलन श्रेष्ठ सरले दिनु भयो र त्यस गित बाट नै प्रबेश गरे ।

० तपाईले अभिनयमा गरेका सर्वाधिक दर्शकको मनमा बस्न सफल गीत कुन कुन हुन ?
मैले अभिनय गरेको गित चिलाउने डाडागाउँ, मेलम्चीको पानी, घाँस काटेर, बोलाइदेउ मलामि, चाँदी तोलाको, माया धेरै होस, चन्चले, लगायत धेरै गितहरु लाई दर्शक तथा श्रोताले मन पराइदिनु भएको छ ।

० तपाई ले प्राप्त गरेका अवार्डहरु कुन कुन हुन ?
मैले चर्चित गायक तथा सर्जक सङ्गम थापा दाइको गित बोलाइदेउ मलामि बाट नब मोडल ज्योति फिल्म म्युजिक अवार्ड २०७८÷७९ जित्न सफल भएको थिए । मैले ज्योति फिल्म अवार्ड प्राप्त गरेको छु ।
० गीतसङीत लाई आम्दानिको श्रोत बनाउन सकिन्छ ?
मेरो बिचारमा अहिलेको परिस्थितिमा गीत संगीत बाट आम्दानिको स्रोत भन्दा पनि सन्देश मुलक जनचेतना मुलक गीतहरु बनाएर अभियानको रुपमा अगाडि बढेको राम्रो होला जस्तो लाग्छ । तर पनि मुख्य पेशा नै गीत संगीतमा भएको कारणले आम्दानिको स्रोत भन्दा पनी आफ्नो जिबिकोपार्जन चाहिँ सहज रुपमा चल्न सकिन्छ ।

० आगामी समयमा तपाईको कलाकारिता प्रति योजना के रहेको छ ?
अगामी दिनहरुमा अझै धेरै गितहरुमा पनि आफ्नो अभिनय दर्शक सामु प्रस्तुत गरि ठूलो पर्दामा पनि प्रस्तुत हुने योजना रहेको छ ।

० जिवनको कुनै अविश्स्मणिय क्षण केही छन की ?
मेरो ममि बाबाको सपना थियो छोरो आर्मी बनेको हेर्ने त्यसको लागि म धुलिखेलमा २०७२ सालमा सेना भर्तिको लागि फर्म भरेर सबै फिजिकल पास लिखित पास गरेर मौखिकमा फालिएको थियो । यो कैले बिर्सिन मैले ५० हजार नदिदा म योग्य नभएको क्षण त्यो कहिले बिर्सन सक्दिन ।

० सानै देखि सोच्नु भएको थियो म ठूलो भए पछि कलाकारिता क्षेत्रमा जाने छु भनेर ?
म सानै देखि नेपाली फिल्म हेर्ने म पनि यसरी टिभिमा कसरी आउने भिडियोहरु धेरै हेर्ने गर्थें । अनि कसरी गर्नी होला सोच्थे रुचि थियो । ठुलो भएसी हिरो बन्छु गुन्डा कुट्छु भन्ने सोच्थे । म मा एउटा सपना थियो ठुलो मान्छे बन्छु भन्ने सोच्थे र बिराज भट्ट दादा जस्तै बन्छु सोच्थे साथ सपोर्ट धेरै गर्ने भाइ दिपक कार्कीले गरेर नै यहाँ सम्म पुगेको छु । दिपक कार्की भाइ लाई पनि एकदम धेरै धन्यवाद भन्न चाहान्छु ।

० अन्तमा तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहनु हुन्छ ?
अन्त्यमा मलाई माया गर्नु हुने मेरो अभिनयलाई मन पराइदिनु हुने मेरो राम्रो नराम्रो कुरालाई प्रतिक्रिया दिनु हुने । मलाई माया साथ सपोर्ट गर्नु हुने सम्पुर्ण दर्सक सुभचिन्तकहरुमा आभार ब्यक्त गर्दै अगामी दिनहरु अझ धेरै साथ सपोर्ट माया गर्दिनु होला र मेरो अभिनत गित हरुलाई अझ धेरै माया गरेर अगाडि बड्ने प्रेरणा दिनुहुनेछ भन्दै मेरो सपुर्ण शुभचिन्तकमा धन्यवाद ब्यक्त गर्द्छु ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..