
जाग्रेब- सुदूरपश्चिमेली नेपाली समाज र सुदुरपश्चिम एक्सेसरिजको संयुक्त आयोजनामा सुदूरपश्चिमेली नेपालीहरूको मौलिक पर्व गौरा विशेष कार्यक्रम तथा रात्रीकालीन सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रममा चर्चित गायक नवीन के. भट्टराई र अतृप्त व्याण्डको विशेष प्रस्तुति रहने जनाइएको छ । कार्यक्रममा अन्य कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

गायक भट्टराईको स्लोभाकिया पोर्चुगल हुँदै क्रोएसियामा विशेष सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।


क्रोएसियामा रहेका नेपाली समुदायलाई आफ्नो मौलिक संस्कृति, परम्परा, कला र पहिचानसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम आगामी १३ सेप्टेम्बर २०२६, आइतबार क्रोएसियाको राजधानी जाग्रेबस्थित Boogaloo Club, Ul. Grada Vukovara 68, 10000 Zagreb मा हुने बताइएको छ ।
कार्यक्रममा क्रोएसियाका विभिन्न शहर तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधि, व्यवसायी तथा सुदूरपश्चिमेली समुदायका सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकले क्रोएसियासँग जोडिएका सीमा क्षेत्र तथा आसपासका अन्य देशमा रहेका नेपाली र सुदूरपश्चिमेली दाजुभाइ– दिदीबहिनीलाई समेत कार्यक्रममा सहभागी भई गौरा पर्वलाई प्रवासमा भव्य रूपमा मनाउन आग्रह गरेको छ।
प्रवासमा नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै समुदायबीच आपसी एकता र सद्भाव कायम गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।
कार्यक्रममा सहभागी हुन साधारण टिकट मूल्य २० युरो र भिआइपी टिकटको मूल्य ३५ युरो निर्धारण गरिएको छ। सुदूरपश्चिमेली नेपाली समाज, क्रोएसियाका अध्यक्ष चेतन बि.सी.ले कार्यक्रमलाई सफल बनाउन क्रोएसियामा रहेका सम्पूर्ण नेपाली समुदायको साथ, सहयोग र गरिमामय उपस्थितिका लागि आग्रह गरेका छन्।

