काभ्रेपलान्चोक – नेकपा एमालेको १० औं जिल्ला अधिवेशन संघारमा छ। अधिबेशनमा स्वयमसेवक खटाइएकाले भोलि अधिबेशनको प्रचारप्रसारको लागि बाइक र्‍याली निकाल्ने भएका छन् । स्वयंमसेवक परिचालनका संयोजक राकेश लामाले मोटरसाइकल र्‍याली निकाल्न लागेको काभ्रे प्रेस लाई जानकारी दिए ।

भोलि २२ गते बिहान ११ बजे साँगा देखि प्रचारात्मक बाइक र्‍याली हुने लामाले बताए । उक्त र्‍यालीले धुलिखेल नगर परिक्रमा गर्दै नगरपालिका सभा हलमा प्रवेश गरेर स्वयमसेवक घोषणा भेला सम्पन्न गर्ने जानकारी दिएको छ।

नेकपा एमाले सम्बद्द सम्पुर्ण नेता कार्यकर्ता तथा आम नेकपा एमाले पृय जनसमुदायमा लाई बाइक र्‍याली गर्दा विशेष सहयोग पुर्याउनु उनले अपिल समेत गरेका छन् ।

स्वयंमसेवक परिचालनको संयोजक राकेश लामाले पौष २३ नेकपा एमालेको १० औं जिल्ला अधिवेशन सम्पुर्ण जिल्ला बासीहरुमा गरिमामय उपस्थितिको लागि अनुरोध गरेका छन् । उनले सम्पुर्ण स्वयंमसेवकहरु लाई १०:३० मा उपस्थिति हुन समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly