काभ्रेपलाञ्चोक – बुटवल रुपन्देही तिलोत्तमा जन्मनु भएको गायक चिरन्जीवी भण्डारी हाल अनामनगर काठमाण्डौमा बसोबास गर्नुहुन्छ । रुपन्देहीमा हुँदा देखिनै अझ भनौ स्कुल पढ्दा देखिनै गीत संगीतमा लगाव राख्ने भण्डारी नेपाली गीत संगीत क्षेत्रमा निरन्तर लागिरहेको १५ वर्ष भयो १५ बर्षको अन्तरालमा धेरै गीतहरु गाउने अवसर मिलेको हामी लाई बताउनु भयो । धेरै गीतहरु आफैले लगानी गरेर गीत संगीत बजारमा ल्याएको र केहि चलचित्रमा पनि गाउने अवसर मिलेको जनकारी दिनु भयो । प्राय सबै विधाका गीतहरु आधुनिक, पप’लोक,रक, तथा भजन गीतहरु पनि गाउने उहाँ धेरै गीतहरुमा संगीत गरेर नेपालका नयाँ देखि पुराना चलेका गायक गायिकालाई पनि आफ्नो संगीतमा गीत गायको कुरा हामी लाई सुनाउनु भयो । आफ्नो संगीतमा शिव परियार’ प्रमोद खरेल,सुरज पौडेल, प्रदिप ग्लान, अन्जु पन्त, मेलिना राई, एलिना चौहान, रचना रिमाल, मिलन नेवार, दिपा सुहांग, सुजता पाण्डे, जस्ता गायक गायिका गीत गाईसकेका छन् भने, कतिपय गायिका संग म आफैले पनि गाएको छु । मैले आफैले गाएका गीतहरु मध्येमा दर्शक स्रोताहरुले अत्यधिक रुचाउनु भएको गीत, बिस्तारै बिस्तारै, चट्टै मुटु काटेर,सान्नानी सुनन, झ्याइ पुल्टूङ, बदमाश, मन त यो हरामी, हुन् । प्रस्तुत छ नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले गायक चिरन्जीवी भण्डारीसँग गरेको कुराकानी   

 

 

० आज भोलि केमा व्यस्त हुनुहुन्छ ?

गीत संगीत सँग सम्बन्धित मान्छे न परियो गीत संगीत मै ब्यस्त छु । अब ३ वटा गीत आउने तयारीमा छन् । छिटो नै ति गीतहरु ल्याउने तयारीमा लागीरहेको छु ।

० गीत संगीतको अलावा के गर्नु हुन्छ ?
गीत संगीत नै हो, गीत संगीत अलावा अरु त्यस्तो कुनै काम छैन । अझै गीत संगीतमा नै संघर्ष गरिरहेको छु । गीत संगीतमै जीवन व्यतित भैरहेको छ ।

० गित संगितको यात्रामा कसरी लाग्नु भयो ?
सानै देखि गीतहरु सुन्ने गुनगुनाउने, पुराना पुराना गीत रेडियोमा बज्दा सँग सँगै गाउने गरिन्थ्यो । स्कुले जिवनमा स्कुलमा पनि शुक्रबार कार्यक्रम हुँदा गाईन्थ्यो । पछि सिक्नु पर्छ भन्ने लाग्यो र बुटवलमै संगीत सिकियो केहि क्षण अनि बिस्तारै त्यसरी नै गीत संगीतको मोह भयो अनि गीत संगीतको यात्रा सुरु गरियो ।

० तपाईलाई गीत संगीत कस्तो होस जस्तो लाग्छ ?
गीत संगीतमा सजिलै मनका कथा ब्यथा प्रेम भाव झाल्कियोस जस्तो लाग्छ ।

० के कलाकारहरु गीत संगीत क्षेत्र बाट नै बाँच्न सक्छन् जस्तो लाग्छ तपाईंलाई ?
गीत संगीतलाई साधना मानेर तल्लिन भएर सिक्नु पर्यो र आफ्नो विधामा पोख्त हुनु पर्यो । गायन मात्रै होइन म्यूजिक ईन्स्टूमेन्ट बजाउन जान्ने हुनु पया । गाएर मात्रै बाँच्छु भन्ने होइन संगीतको राम्रो ज्ञान भयो भने त संगीत प्रसिक्षण गराएर पनि बाँच्न सकिन्छ । बाँच्नका लागि मात्रै त दुखै छैन नि ।

० नेपाली गीत संगीत क्षेत्रमा धैरै विकृती आएका छन् यसलाई कसरी लिनु भएको छ ?
कसरी लिनुनी अब त्यस्तै टाईपका बिकृति भएका अश्लिल शब्द प्रयोग भएका परिवार सँग बसेर सुन्न हेर्न नमिल्ने भएका गीत भिडियो नै बढी दर्शक र स्रोताले हेर्नुहुन्छ सुन्नुहुन्छ त्यस्तै गीतहरुको भ्युज बढी हुन्छ । कुनै नेपाली भजन ट्रेनडिङमा आयो । करोड भ्युज आयो भन्ने सुन्नु भाको छ ? छैननि, सम्बन्धित निकायले यस्ता बिकृति झल्काउने गीत बन्द गर्नु पर्ने त हो तर गर्दैन ।

० कसको प्रेरणाले गीत संगीत क्षेत्रमा लाग्नु भयो ?
प्रेरणा भन्दा पनि पुराना पुराना गीत संगीतहरु सुनियो मन पर्थ्यो आपÞmुले पनि त्यस्तै गरि गाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । गीत संगीतमा लगाव भयो लागियो संगीत क्षेत्रमा ।

० यस क्षेत्रमा लाग्नको लागी तपाई लाई घर परिवार बाट कतिको साथ सहयोग मिलेको छ ?
घरको अवस्था कम्जोर थियो खासै साथ् सपोर्ट कसैको थिएन, ११ पढ्दा देखिने कमाउन थालियो । अलि अलि पैसा जम्मा गरेर गीत रेकर्ड गरियो संगीत सिकियो ।

० पछि गएर के गर्न योजना बनाउनु भएको छ ?
गीत संगीमै केहि नयाँ केहि फरक गर्नु छ । चिरन्जीवीले एक्स्ट्रा गर्छ है भन्ने बनाउनु छ ।

० अन्त्यमा के भन्न चाहानु हुन्छ ?
सर्वप्रथम हामीले नेपाली गीत संगीतलाई माया गर्नु पर्छ । हामि नेपाली हौँ यो भुल्नु हुँदैन । हामि नेपाली दाजुभाई जातजातिको विषयमा झगडा गरि न टुक्रीयौं । अन्त्यमा ः मलाई गीत संगीतमा साथ सपोर्ट सल्लाह सुझाव दिने आदर्णीय गीतकार समाजसेवी प्रतिमा गुरुङ, गीतकार ईन्दिरा बोगटी, गीतकार शंकर देव कंडेल, गीतकार ब्यबसायी शंकर पाण्डे, गुरु राम सिटौला, गुरु सुरेश सेन्चुरी, समाजसेवी प्रतिष्ठित व्यक्ति जे.पी कंडेल लगायत सम्पूर्ण लाई सम्झन चाहन्छु ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..