

बनेपा, भदौ १।
शैक्षिक अवसर र प्रविधिको समन्वयलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजित ECAN Kavre Education Fair 2025 मा ClassicTech Internet ले Official Internet Partner को रूपमा प्रभावशाली उपस्थिति जनाएको छ।


मेलामा सहभागी सम्पूर्ण विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएर ClassicTech ले डिजिटल पहुँचलाई सहज बनाएको थियो। त्यस्तै, कम्पनीले आयोजना गरेको गोलाप्रथा (Lucky Draw) मा हालसम्म १५०० भन्दा बढी विद्यार्थीहरूले नाम दर्ता गराएका छन्।



गोलाप्रथा कार्यक्रम भोलि दिउँसो ३ बजे ClassicTech Internet Kavrepalanchok को आधिकारिक फेसबुक पेजमार्फत LIVE प्रसारण गरिनेछ। बनेपा शाखा प्रमुख निराजन रेग्मीका अनुसार, १० जना भाग्यशाली विद्यार्थीहरूलाई विभिन्न आकर्षक उपहारहरू प्रदान गरिनेछ।

त्यसैगरी, मेलामा वार्षिक इन्टरनेट सेवा लिने १० जना ग्राहकलाई ६ महिनाको बोनस सेवा दिने विशेष घोषणा समेत गरिएको छ। यसले विद्यार्थी र अभिभावकहरूमा थप उत्साह भरिएको छ।
मेलामा उपलब्ध छुट तथा अफरहरू
ClassicTech Internet – निःशुल्क इन्टरनेट सेवा, वार्षिक लिने १० जनालाई ६ महिनाको बोनस
Om Shanti Tailoring Center – सम्पूर्ण सेवामा २५% छुट
Discovery Education – निःशुल्क IELTS, PTE र जापानी भाषा कक्षा
Grace International Education – ३ वटा Earbuds, ५०० रुपैयाँको Food Voucher, र Gift Hamper
Chiya Station – निःशुल्क चपाउने चिया (Refillable tea)
Modern Academy – Barista तालिममा ४०% छुट, Cooking र Bakery तालिममा ३०% छुट
BMK Driving Center – ५०% छुट
Samaj Dental – दन्त सेवामा २०% छुट
All Care Health Services – सम्पूर्ण स्वास्थ्य परीक्षणमा २०% छुट