काभ्रेपलान्चोक –  विनायक बाल आधारभुत विद्यालय धुलिखेल -८ बडाल गाउँको २६ औ वा िर्षकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भयो।धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा प्रधानाध्यापक शैक्षिक स्तरीयताको बारेमा प्रष्ट पार्नु भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ब्यान्जुले नगरको शैक्षिक गुण स्तरीयता वृद्धिमा लगानी गरेको बताउनु भयो। नगर प्रमुख ब्यान्जुले ज्ञान , सीप र क्षमताको सहि उपयोग गरि विद्यार्थीहरुको शिक्षण सिकाईलाई थप प्रभावकारी बनाउन शिक्षक वर्ग एकता बद्ध भैइ अनुसासित ढंगले प्रतिबद्ध हुनु पर्ने उल्लेख गर्नुपर्ने भयो।

वडा अध्यक्ष बिनोद गौतमले वडाले बिगतको तुलनामा समग्र दिगो बिकासका योजनाहरु क्रमसग सम्पन्न हुदै गएको बताउनु भयो।रेडियो एबिसीका अध्यक्ष रमेश प्रसाद न्यौपानेले विद्यालयका कक्षा -८ को छात्र सन्देश ढलकोटी ३.६ जिपीए र कक्षा-३ बिनिता तामाङले४ जिपिए ल्याउनेलाई ब्यक्ति गतरुपमा नगद सहित पुरस्कृत गर्नु भयोत्यसै गरि सन्तोष गौतमले विद्यार्थीलाई पुरस्कृत गर्नु भएको थियो।कार्यक्रममा शिक्षा शाखा अधिकृत भोज कुमार ठकुरी सरस्वती माविका प्रधानाध्यापक रमेश प्रसाद बडाल ,स्थानीय शैक्षिक सरोकार वाला बिस्णु मिजार , विद्याल य ब्यवस्थापन समिति , शिक्षक अभिभावकसंघका पदाधिकारी , अभिभावक वर्गको रविद्यार्थीहरुको सहभागीता रहेको थियोे विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम सहित आ आफ्नो प्रतिभा प्रस्तुति गरेका थिए। संचालक अध्यक्ष चोला बहादुर गौतमको सभापतित्वमा सप्पन्न भएको कार्यक्रमको संचालन श्याम ढलकुटीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly