काठमाडौँ, राजन थापा वडा नं. १६, बनस्थली — लिटल फ्लावर्स मन्टेश्वरी स्कुल र ॐ समाज डेन्टल अस्पताल बानस्थली शाखाको संयुक्त आयोजनामा एक दिवसीय निःशुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविरमा विद्यालयका २०२ जना विद्यार्थीलाई दन्त परीक्षण, स्वास्थ्य परामर्श तथा मौखिक स्वच्छता सम्बन्धी सचेतनामूलक सेवा प्रदान गरिएको थियो। यसै अवसरमा विद्यालय र अस्पतालबीच दीर्घकालीन सहकार्यका लागि समझदारीपत्र (MOU) मा हस्ताक्षर पनि गरिएको छ।
विद्यालय प्रशासनको सक्रिय भूमिका
कार्यक्रमको सफलतामा विद्यालयका प्रिन्सिपल, शिक्षक तथा शिक्षिकाहरूको उल्लेखनीय योगदान रहेको थियो। प्रिन्सिपलले सम्पूर्ण समन्वय, सम्पर्क, स्थान व्यवस्थापन र टोली सहजीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गरे। शिक्षिकाहरूले विद्यार्थीहरूको व्यवस्थापन, लाइन अनुशासन, विवरण संकलन र सूचना प्रवाहमा सक्रिय सहभागिता जनाए।
अभिभावक र विशिष्ट व्यक्तिहरूको प्रेरणादायी उपस्थिति
स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहेका ठकुरीले अभिभावकको तर्फबाट मन्तव्य दिँदै यस्तो सहकार्यले सरकारी विद्यालय सुधारमा सकारात्मक टेवा पुग्ने धारणा व्यक्त गरे।
अस्पताल टोलीको समर्पण
शिविर ॐ समाज डेन्टल अस्पताल बानस्थली शाखाकी प्रमुख सबिना पापन गुरुङको नेतृत्वमा सञ्चालित थियो। टोलीमा दन्त चिकित्सक डा. ममता जसवाल, डा. सुदेसा अधिकारी, सहायक जुनु पण्डित, सहयोगी निर्मला कार्की र दुर्गा न्यौपाने सहभागी थिए।गुरुङले भनिन्,
“हाम्रो अस्पताल यस्ता बाबु–नानीहरूकै लागि हो। दुर्गम र सुविधाबाट बञ्चित क्षेत्रका बालबालिकालाई सेवा दिन पाउनु हाम्रो सौभाग्य हो। यस आयोजनामा प्रकाश सरको भूमिका अतुलनीय रह्यो।”
उनले सरकारी विद्यालयको सुधारका लागि सामूहिक समन्वय अपरिहार्य भएकोमा जोड दिँदै भनिन्,
“स्वास्थ्य र शिक्षाको एकीकृत प्रयासबाट मात्र समावेशी र गुणस्तरीय सिकाइ सम्भव छ।”
यस स्वास्थ्य शिविरले शिक्षा र स्वास्थ्यबीचको समन्वयलाई उदाहरणीय बनाउँदै सामुदायिक विद्यालयमा दीर्घकालीन सकारात्मक परिवर्तन सम्भव हुने सन्देश दिएको छ। स्कुल, अस्पताल, सामाजिक संस्था र अभिभावकबीचको सहकार्यले भविष्यमा अझ प्रभावकारी पहलहरू सम्भव हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz