
बेथानचोक – गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बेथानचोक गाउँपालिका, लघु उद्यम विकास शाखाको आयोजनामा सञ्चालन गरिएको निःशुल्क १० दिने बारिस्टा तालिम सफलतापूर्वक समापन गरिएको छ। उक्त तालिम इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टर, बनेपाको समन्वयमा आयोजना गरिएको हो।

तालिमको समापन कार्यक्रम बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासन अधिकृत राजेन्द्र भण्डारीको विशेष उपस्थिति रहेको थियो।

समापन कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष मधुसूदन तिमल्सिना, लघु उद्यम विकास शाखाकी प्रमुख अम्बिका खरेल, इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरका प्रबन्धक कामदेव शाह ठकुरी, प्रशिक्षक मिनु शाह लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष अधिकारि ज्युले यस्ता सीपमूलक तथा रोजगारमुखी तालिमले स्थानीय युवालाई आत्मनिर्भर बनाउँदै स्वरोजगारतर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्नुभयो। उहाँले गाउँपालिकाले आगामी दिनमा पनि युवामैत्री तथा सीप विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी कार्यक्रममा वक्ताहरूले सीपयुक्त जनशक्ति उत्पादनमार्फत रोजगारीका अवसर सिर्जना गर्न यस्ता तालिम प्रभावकारी माध्यम भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। तालिममा सहभागी प्रशिक्षार्थीहरूले प्राप्त ज्ञान र सीपले आफ्नो आत्मविश्वास बढेको र रोजगारी तथा स्वरोजगारतर्फ अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिएका थिए।
अन्त्यमा, इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टर, बनेपा परिवारका तर्फबाट यस्तो महत्वपूर्ण तालिम सञ्चालन गर्न अवसर प्रदान गर्नु भएकोमा बेथानचोक गाउँपालिका परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। साथै, आगामी दिनहरूमा पनि गाउँपालिकासँग निरन्तर सहकार्य गर्दै अझ प्रभावकारी रूपमा सेवा गर्ने अवसर प्राप्त होस् भन्ने अपेक्षा व्यक्त गरिएको


