काभ्रेपलान्चोक – नेपाल नागरिक अभियानले बनेपामा विरोध प्रदर्शन गरेको छ । चरममुल्य वृद्धि, कालाबजारी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै अभियानले विरोध प्रदर्शन गरेको हो । साथै उसले एसपिपी कुनै हालतमा पास नगराउन पनि खबरदारी गरेको छ ।

गोदामचोकबाट ¥याली शुरु भई बसपार्क हुँदै चारदोबाटोमा कोण सभा गरेको अभियानको सो पामा विरोध प्रदर्शनीमा पूर्व सुरक्षाकर्मी परिषदका अध्यक्ष दिपक तिमल्सिनाले उत्पादनमुखी कार्यमा जोड दिनु पर्नैमा सरकार हदैसम्म लापरवाह बन्दै गएकोमा दुःख व्यक्त गर्दै जनतामारा मुल्य वृद्धि नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउनु भयो ।

नेपाल नागरिक अभियान केन्द्रिय युवा संयोजक श्रीकृष्ण श्रेष्ठले दिनदिनै मुल्य वृद्धिले गरिखाने वर्ग मारमा पर्दा सरकारले कुनै चासो नलिई जनतामारा गतिविधि गरेकोमा खेद व्यक्त गर्नुभयो । उहाँले राष्ट्रघाती निणर्य नगर्न पनि सरकारलाई चेतावनी दिनुभयो । कोणसभा नेपाल नगरिक अभियान काभ्रेका संयोजक किरण मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.