पछिल्लो समय बढिरहेको कोभिड 19 लाई मध्यनजर गरेर प्रेस सेन्टर नेपाल काभ्रे शाखा लाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । प्रेस सेन्टर नेपाल काभ्रे शाखा लाई प्रेस सेन्टर नेपाल ललितपुर शाखाले स्वास्थ्य सामग्री मास्क, पिपिइ, प्रेस ज्यकेट र नयाँ बर्षमा ललितपुर शाखाले निकालिएको क्यलेण्डर सोमबार हस्तान्तरण गरिएको छ ।

प्रेस सेन्टर नेपाल ललितपुर शाखा अध्यक्ष रामहरी कार्की, नेपाल पत्रकार महासघ काठमाडौ शाखा अध्यक्ष सुर्य सुवेदी, प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश सदस्य शैलेस डङ्गोलले काभ्रेमा प्रेस सेन्टर अवद्ध सदस्य हरुको लागि प्रेस सेन्टर जिल्ला अध्यक्ष रोजन तामाङ लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । सोमबार सेन्टर जिल्ला कार्यालयमा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवं बागमती प्रदेश माननीय रुकु चौलागाईं, माओवादी केन्द्र जिल्ला सम्योजक भोला अर्याल, प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्ष यदु गौतम लगायतको उपस्थितिमा ललितपुर शाखाले जिल्ला शाखालाइ स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरिएको थियो । प्रेस सेन्टर ललितपुर शाखा बाट प्राप्त स्वास्थ्य सामग्री जिल्लामा कृयशिल पत्रकार हरु लाई बितरण गरिने प्रेस सेन्टर जिल्ला अध्यक्ष रोजन तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..