काभ्रेपलान्चोक – नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ काभ्रेले जिल्ला भेला सम्पन्न गर्न नेपाल खेलकुद महासंघका निर्वाचन कमिटीका संमयोजक पुर्ण पान्डेको प्रमुख आतिथ्यतामा आज बैठक बसेको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारासहित नवराज मानन्धरको अध्यक्षतामा शनिबार बैठक सम्पन्न भएको हो ।

बैठकले यहीँ साउन ३० गते नेपाल खेलकुद महासंघ काभ्रे जिल्ला भेला भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकमा नेकपा एमाले काभ्रेका सचिवालय एबम युवा नेता कन्चन अधिकार ,सचिवालय सदस्य एवम् युवा समाजसेवी मुक्ति बिष्ट , जिल्ला कमिटी सचिवालय सदस्य कुमार तिमल्सिना,नेकपा एमाले काभ्रे जिल्ला कमिटी सदस्य एबम राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कोषाध्यक्ष युवा नेता राकेश लामा , अनेरास्ववियुका केन्द्रिय सदस्य एबम पार्टी जिल्ला कमिटी सदस्य जेनिस लामा ,युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एबम काभ्रे जिल्ला अध्यक्ष बिक्रम चौलागाईं , युवा नेता तथा समाजसेवी रत्न कुश रंजित लगाएतले बैठक लाई सम्बोधन गरेका गरेका थिए ।

जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा परिषद काभ्रेका अध्यक्ष प्रकाश रोक्का , पुर्व जिल्ला कमिटी सदस्य राम शरण दाहाल अनेरास्ववियु पुर्व काभ्रे जिल्ला कमिटीका अध्यक्ष उपेन्द्र शर्माको साथै नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्यहरु मदिरा लुइँटेल, मधु लामा, रुपक रायमाझी, रबिन्द्र देउजा ,पारस भुर्तेल ,दिपेन्द्र श्रेष्ठ ,निरोज खड्का ,राम लामा, गणेश दनुवार ,उमेस केसि ,प्रभुराम श्रेष्ठ ,रबिन अधिकारी ,कान्छ प्रधान ,माधव मैनाली,अमित कोजु लगाएतको सहभागिता थियो । उक्त बैठकमा खेलकुद लाई माया गर्ने खेलप्रेमी बनेपाका युवाहरुको उपस्थिति रहेको थियो ।

नेपाल खेलकुद महासंघ काभ्रेले खेल, खेलाडी, प्रशिक्षक र खेलप्रेमीको साझा सङ्गठन बनाउने अध्यक्ष नवराज मानन्धरले बताए उक्त कार्यक्रमको संचालन युवा नेता सागर रायमाझीले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..