सुन्दर सुनाम
काभ्रेपलान्चोक – कलाक्षेत्रमा हुने बिकृति बिरिुद्ध एक जुट भएर लाग्न राष्टिय चेतन शिल कलाकार नेपाल गठन भएको छ ।

राष्ट्रयि चेतनशील कलाकार नेपालको पहिलो बैठकले कलाक्षेत्रमा हुने विकृति विरिुद्ध खनिने निर्णय गर्दै पदाधिकारी समेत चयन गरेको छ । कलाकारको बैठकले विविध समसामयिक विषयमा गहन छलफल गर्दै यस क्षेत्रमा रहेका बिकृति विसङ्गति फैलाउन र लुटको खेति गर्नेहरुसित डटेर लड्ने र कलाकारिता क्षेत्रमा केही जानेकाहरुलाई कसैबाट पनि नलुटिनको लागि सचेत गराउने, समाजमा बिकृति फैलाउने, अलिश्ल शब्दमा लाईभ दोहोरी गाउने कलाकारहरु र युटुबरहरुलाइ समेत कानुनको दायरामा ल्याइ कारवाही गर्नेसम्म छलफल भएको संस्थाका एक सदस्यले जानकारी दिए ।    

संस्थाको पहिलो बैठकले तिर्थ बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । संस्थाको गठत समितिमा वरिष्ठ उपाध्यक्ष शम्भु नेपाल, महिला उपाध्यक्ष सीता बराल, प्रथम उपाध्यक्ष सुमनकुमार थापा, द्वितिय उपाध्यक्ष नवराज दङ्गाल, उपाध्यक्ष सन्देश रिजाल, महासचिव रामशरण आले मगर, कोषाध्यक्ष युवक कार्की, सह कोषाध्यक्ष सरिता थापा मगर, सचिव सुरेन्द्रराज सिग्देल सहसचिव बिष्णु रिमाल, प्रवक्ता मिना साउदलाई तोकेको छ ।   

यस्तै सदस्यहरु सुन्दर सुनाम, भोजराज रखाल मगर, बैकुण्ठ न्यौपाने, पबित्रा खड्का, अमृता श्रेष्ठ, गोबिन्द रिमाल रशु गर्तैला लगाएतलाई बैठकबाट चयन गरिएको छ ।

– ईपाना नेपाल बाट साभार   

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..