

बनेपामा लघु चलचित्र लंगाैटीकाे विशेष प्रदर्शन गरिएको छ ।
सुजन खतिवडाको लेखन, निर्देशनमा तयार भएको लघु चलचित्र बनेपाको बमेल चलचित्र घरमा विशेष प्रदर्शन गरिएको हाे । चलचित्रका कलाकार तथा प्राविधिकको उपस्थितिमा प्रदर्शन भएको चलचित्रलाई हेर्न उल्लेख्य दर्शन हलमा पुगेका थिए । चलचित्र हेरेपछि दर्शकहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए ।
हिन्दु धर्म अनि रिति अनुसार पुरुषले लगाउने भित्री वस्त्र लंगाैटीकाे विषयलाई सटिक रुपमा उठान गरिएको चलचित्र लंगौटी चलचित्र एक पुरानो रितिरिवाज, गुरुकुल शिक्षा प्रणाली र जातीय परम्परालाई समेटेर बनाइएको डकुमेन्ट्री रहेको निर्देशक खतिवडाले बताए । हामी नेपालीको वास्तविक जीवन के हो र हाम्रो शरीरमा लागाएको पहिलो वस्त्र के हो ? हिजो लंगौटी ठाउँमा खोल्न नजानेर के भैरहेको थियो र आज २१औ शताब्दीको एड्भान्स लंगौटी सदुपयोग कसरी गर्न सकिन्छ र गर्न सकिएन भने त्यसको प्रतिफल के हुन्छ भन्ने विचारहरु दर्शाउन खोजिएको खतिवडा बताउँछन् ।
चलचित्रले उठाउन खाेजेकाे विषयवस्तु सटिक रहेको र लंगाैटीकाे विषय बहसको विषय रहेको धारणा दर्शकहरुकाे रहेको थियोे । केही प्राविधिक पक्षमा कमजोरी देखिए पनि कम लगानीमा यति उत्कृष्ट बन्नु निर्माण पक्षकाे सकारात्मक पक्ष र सफलता भएको एक दर्शकले प्रतिक्रिया दिए ।
चलचित्रमा उमेश मायालु, आकाश नेपाली, सन्ध्या श्रेष्ठ, बसन्त आचार्य, सुजन खतिवडा, सुशील सैजु, शिव आचार्य, जगत स्टन्ट मेन, निशा कार्की, पुरुषोत्तम नेपाल, रोहित दंगाल, कञ्चन सापकोटा, सुदिप रेग्मी, विनोद तिमिल्सिना, निशा सापकोटा, कुमार थापा, जोसिला विक, अरूण दाहाल, राज दाहाल लगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक खतिवडा नै निर्माता रहेको चलचित्रका सह निर्माता सुशील सैजु र शिव अाचार्य हुन् । चलचित्रमा प्रज्वल देवाङ्, बासु न्यौपाने र दिनेश मुस्कानको छायांकन, अनन्त घिमिरेकाे सम्पादन रहेको छ । नवराज गजुरेलको पटकथा र मनोज खड्काकाे सह निर्देशन चलचित्रमा रहेको छ ।






