सिद्धार्थ एकेडेमी बनेपाले शैक्षिक सत्र २०८१ सालको नतिजा प्रकाशन, विद्यार्थीहरुको स्वास्थ्य परिक्षण, नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर केसीको सभापतित्वमा सम्पन्न भएको छ ।
नर्सरी देखी कक्षा ९ सम्मका प्रथम, द्धितिय र तृतिय भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल गुन्जप्रसाद लुईटेलले विश्व बजारमा बिक्ने बैज्ञानिक शिक्षा, प्रविधि अनुसार स्मार्ट बोर्ड मार्फत, ब्यबहारिक शिक्षा, विद्यार्थीको क्षमता अनुसारको शिक्षण शिकाइ गर्न शिक्षक, विद्यार्थी र अभिभाबक वर्गको एकता बद्ध्ताले मात्रै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने लुईटेलले आफ्नो भनाइ राख्नु भयो।
व्यवस्थापन अध्यक्ष केसीले विद्यालयले समय र प्रविधि मैत्री शिक्षा प्रदान गर्न निरन्तर लागि परेको बताउनु भयो।कार्यक्रममा काभ्रे टाईम्सका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने काभ्रे जिल्लाको पहिलो संस्थागत विद्यालयले शैक्षिक गुणस्तर वृद्धिमा प्रभावकारीता ल्याउन शिक्षक वर्गले ध्यान दिएकोले शतप्रतिशत नतिजा ल्याउन सकेको बताउनु भयो।रेडियो एबिसीका अध्यक्ष समेत रहनु भएका न्यौपानेले सर्भशुलभ किसिमबाट शिक्षा सबैले अध्ययन गर्ने अवसर सृजना गर्न संस्थागत विद्यालय लाग्नु पर्ने बताउनु भयो। चेस्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना , सहायक प्रिन्सिपल सुधिर न्यौपाने लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।