ढुवान क्षेत्रमा बनेपा वडा नं. २ को वडा अध्यक्ष घिमिरेको सक्रियता तीब्र, खोला र सडक दायाँबायाँ ढल सफा गर्न डोजर परिचालन

काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. २ को वडा अध्यक्ष मातृका घिमिरे (राम प्रसाद) को सक्रियता तिब्र देखिएको छ । पछिल्लो समय लगातार परेको पानीको कारण ढुवान परेको क्षेत्रमा उहाँले विशेष कदम चाली खोला र ढल निकासी क्षेत्र लाई व्यवस्थित बनायर पानी कटान गराउनु भएको छ ।

उहाँले वडा कार्यालय अगाडिको बाटो र अन्य ठाउँमा ढुबान परेको क्षेत्रमा डोजरको प्रयोग गरि ढुबान क्षेत्र लाई व्यवस्थित गर्नु भएको छ । ढुवान हुन नदिन खोला क्षेत्र लाई ठूलो बनायर सफा गर्ने देखि लिएर सडकको दायाँबायाँ को ढल निकासी हुने लाई सफा गर्न निर्देशन दिनु भएको छ । 

बिज्ञापन