 

धुलिखेल – डाईनामिक रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको आयोजनामा ऋण लगानी र असूलीका कानूनी प्रकृया तथा गैह्र वित्तीय सम्पत्ति व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।



डाईनामिक रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको प्रोपाइटर तथा जिल्ला सहकारी संघ काभ्रेको निवर्तमान अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा धुलिखेलको होटल सारथीमा सम्पन्न भएको हो ।
सहकारी क्षेत्रमा लामो अनुभव भएका शर्माले सहकारीका विभिन्न गतिबिधिमा निरन्तरता दिई सम्न्वयात्मक भुमिकामा रहि रहन यस्तो संस्था मार्फत गतिबिधिहरु गर्न लागेको बताए।



हिजोका दिनहरुमा जिल्ला सहकारिको नेतृत्वमा रहि रहदा अभियानको सम्बन्ध बिस्तारलाई निरन्तरता दिई अभियानलाई पारदर्शी, जवाफदेहि र शुशासन सहित गुणस्तरीय संस्था संचालनको अबस्था सिर्जना गर्ने, सस्थालाई जे बिषय बस्तुको आवश्यकता छ उक्त कार्य यहीँ संस्था मार्फत पूरा गर्दै जिल्लाको अभियानको अभिभावकको भुमिका निर्बाह गर्ने कुरा उनले बताए ।


अभियानमा कोहि न कोहिले सकारात्मक रुपमा सहयोग त गर्नै पर्छ नि भन्दै आफ्ना अनुभबहरु आदान प्रदान गर्ने संस्थाको रुपमा जिल्लामा डाईनामिक रिसर्च एन्ड डिभलपमेन्ट सेन्टर आइ सकेको र यो संस्थाले विभिन्न खालका काम गर्ने गरि कार्य गरिरहेको छ ।

सहकारिका नीति, कार्यविधि लगायत स्थानिय तहहरुमा समेत प्राबिधिक विषयहरुमा सहयोग तथा परामर्श गर्ने सस्थाको लक्ष्य बताइएको छ । कार्यक्रम एक दिन रहेको र प्रशिक्षण निफ्स्कुनका कानुन सल्लाहकार शिव अधिकारिको सहजीकरणमा भएको हो भने उद्घाटन सत्रको संचालन ठाकुरनाथ अधिकारिले गरेका थिए भने तालिम जिल्ला भित्रका ३५ वटा सस्थाका ५० जना सहभागी रहेका थिए ।
 
  
  
  
 

 
                
 
                 
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
          