काभ्रेपलान्चोक – स्थानीय तहको निर्वाचनमा केन्द्रीत रहेको ईलाका प्रहरी कार्यालय पुरानो लयमा फर्किएको छ । युवा नेतृत्वले बनेपामा केही गर्छ भन्ने आशा गरिरहेको समयमा ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक नारायण थापाको नेतृत्वमा चलायमान भएको हो ।

गाँजाको प्रयोगकर्ता अपराधमा संम्लग्न हुने क्रम बढेसँगै ईलाका प्रहरी कार्यालय बनेपाले समुदायसँगको सहकार्यमा पुण्यमाता,चण्डेश्वरी खोलाको तिरमा रहेका गाँजाका बोटहरु नष्ट गर्ने कार्यको सुरुवात गरेको छ ।

गाँजाको सेवनपछि हुन सक्ने अपराध नियन्त्रणका लागि यो प्रयास थालिएको थापाले जानकारी दिनुभयो । बनेपा नगरपालिकाभित्र रहेका विद्यालयका विद्यार्थी, नागरिक समाजको अगुवाईमा केही दिनयता गाँजा फडानी कार्य भैरहेको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..