विमानमा चालकदलका सदस्यसहित सो एयरलाइन्सका करिव १७ कर्मचारी रहेकाे सौर्य एयरलाइन्सका एक अधिकारीकाे भनाइ उदृत गर्दै बीबीसीले जनाएकाे छ ।
विमानमा सवार नागरिकको अवस्थाबारे तत्काल कुनै जानकारी छैन । तर धावनमार्ग नजिकै धुवाँको मुस्लो उठेको देखिने तस्बिरहरू स्थानीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित भएका छन् ।
अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् । समाचार अनुसार जहाजका क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।