
काठमाडौं, माघ २४ । दिग्गज कलाकार सुनिल थापाको निधन भएको छ । नेपाली दर्शकमाझ ‘राते काइँला’ उपनामले लोकप्रिय कलाकार थापाको माघ २४ गते शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
ह्दयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । शुक्रबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ६८ वर्षीय थापालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

लामो समयदेखि नेपाली तथा बलिउडका चलचित्रमा सक्रिय थापाको असामयिक निधनले सम्पूर्ण नेपाली मनोरञ्जन जगतलाई स्तब्ध बनाएको छ ।
बिज्ञापन





