
काभ्रे । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका क्रममा घाइते भएका सेतीदेवी माध्यमिक विद्यालय, रिठ्ठेका विद्यार्थी सन्देश के.शी.को स्वास्थ्य अवस्था बुझ्न खेल संयोजक अञ्चल कुमार मोक्तानसहितको टोली आज काठमाडौं स्थित KMC Hospital पुगेको छ।

अस्पतालमा उपचाररत विद्यार्थी के.शी.को शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको उपचारमा लाग्ने सम्पूर्ण खर्च भुम्लु गाउँपालिकाले व्यहोर्ने निर्णय गरिएको छ।

उक्त निर्णय भुम्लु गाउँपालिका शिक्षा शाखा र स्वास्थ्य शाखाको समन्वयमा गरिएको हो।


भुम्लु गाउँपालिकाका शिक्षा अधिकृत तथा निमित्त कार्यकारी प्रमुख कृष्ण बहादुर खत्रीले घाइते विद्यार्थीको उपचारमा कुनै कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
गाउँपालिकाले खेलकुद प्रतियोगिताका क्रममा विद्यार्थीहरूको सुरक्षा र स्वास्थ्यप्रति उच्च प्राथमिकता दिँदै आवश्यक सहयोग निरन्तर गर्ने जनाएको छ।


