काभ्रेपलान्चोक – सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि गत आइतबार देखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा बुधबार बनेपाको चारदोबाटोमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

धुलिखेल हस्पिटलको प्राविधिक सहयोगमा काभ्रे जिल्ला ट्राफिक प्रहरीले बनेपाको चारदोबाटोमामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । काभ्रे जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेले पहिलो रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म सञ्चालन भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरीमा कार्यरत ट्राफिक प्रहरीहरु, इलाका प्रहरी कार्यालय बनेपामा कार्यरत प्रहरी कर्मचारीहरु, बनेपाका राजनीति दलका नेता कार्यकर्ता, व्यवसायीहरु सहित केही सर्वसाधरण गरी ३८ जनाले रक्तदान गरेका थिए ।

ट्राफिक सप्ताहको अवसरमा जनचेतनामूलक कार्यक्रम, विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक ज्ञानको अभिबृद्धि गर्नुका साथै उनीहरूको स्वास्थ्य परिक्षण, विद्यार्थी तथा स्काउट लगायत सवारी चालक र परि-चालकलाई पनि स्वयंसेवकको रुपमा परिचालन, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्पलेट वितरण लगायतका सचेतनामूलक कार्यक्रमहरु भइरहेको काभ्रे जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक जनार्दन घिमिरेले बताएका छन्।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..