भीम न्यौपाने, इमान्दारिताका पर्याय, पाँच बर्षमा सयौंं उदाहरणीय काम गरेर लोकप्रिय जननेता बन्नु भएको छ । संघीयता कार्यान्वयनमा स्थानीय तहको भुमिका कस्तो हुन्छ । स्थानीय तहले चाहेमा कसरी विकास गर्न सक्छ भन्ने उदाहरण उहाँले पाँच बर्षमा पूरा गर्नुभएको छ । सादा जीवन सामान्य पोशाक अनि सरलीकृत जीवनशैलीका धनी न्यौपाने ७५३ स्थानीय तहका एक उदाहरण हुनुहुन्छ ।
आम नागरिक भन्छन्, भनेको जति काम गर्न सकेनन् होला तर भीम न्यौपानेले नराम्रो काम कहिल्यै गरेनन् । जनताको सेवक भनेर सेवा गरिरहे । जनताको साथ पाए । पार्टीले दिएको जिम्मेवारी अक्षरस पालना गरे । पनौती नगरपालिका पूर्व मेयर भीम न्यौपाने जस्ले पनौतीको जनताको सधै साथ पाउनुभयो । उहाँले पाँच बर्षे नगरपालिकाको कार्यकाल सहजरुपमा बिताउनुभयो । काभ्रेको पनौती नगरपालिका १ देखि १२ वडामा विभेद कहिल्यै गर्नुभएन । पुनः जनताबाट अनुमोदित हुन मेयर पदमा पुनः उम्मेदबारी दिनु भएको छ ।
जुन नगर कृषि, पशुपालन र साँस्कृतिक सम्पदा अथक रहेको नगरको रुपमा जिल्लामा छुट्टै पहिचान रहेको छ । न्यौपानेको पाँचबर्षे कार्यकालमा धेरै कुरामा परिवर्तन भएको नगरबासीहरु सुनाउँछन् । कृषि, पशुपालन र पर्यटन क्षेत्रमा बिकाससंगै पुरानो जात्रै जात्रा हुने सहर पनौतीको विकासको लागि न्यौपानेको ठूलो योगदान रहेको देखिन्छ । कुनै पनि नगर विकासको लागि मिसन र भिजन चाहिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ न्यौपाने ।
मेयर न्यौपानेको कार्यकालमा नगरका धेरै जसो वर्षौदेखि अलपत्र परेका आयोजनाहरुले गति लिए । भूकम्पपछिको पुन ः निर्माणले आफ्नो गन्तव्य पूरा ग¥यो, शिक्षा स्वास्थ्य, कृषि, पर्या–पर्यटनको क्षेत्रमा उल्लेख्य परिवर्तन भए, प्राकृतिक सम्पदा, मठमन्दिर, पाटी पौवा, गुम्बा, ऐतिहासिक पोखरी, पुराना धारा, चोक लगायत हाम्रा सांस्कृतिक सम्पदाले संरक्षण गर्न महत्वपूर्ण भूमिका खेले ।
नगरका जनताको आर्थिक सामाजिक रुपान्तरणका लागि शैक्षिक क्षेत्रमा एउटा क्रान्ति न्यौपानेको कार्यकालमा भएको देखिन्छ । मदन भण्डारी औद्योगिक विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्न भयो । पनौतीका अधिकांश विद्यालयहरुको सुविधा सम्पन्न भौतिकपूर्वाधार सहित पुनः निर्माण कार्य सकिएको छ । अधिकांश विद्यालयहरुमा प्रविधि सहितको आइटि ल्याव स्थापनामा जोड दिइएको छ ।
निर्वाचनमा केही नपाएर न्यौपानेको पालामा केही भएन भनेर गलत प्रचार गर्ने प्रयास भइरहेका छन् । तर न्यौपानेले आफ्नो हिसाबले काम गरिरहनु भएको छ । भन्नुहुन्छ– आलोचना भएन भने मेरा गल्ती कसरी थाहा पाउँछु र ? पाँच बर्षको कार्यकालमा बालमैत्री नगर घोषणामात्रै भएन नेपालकै पहिलो मानव अधिकार तथा न्याय मैत्री स्थानीय तह बन्यो पनौती ।
पूर्ण साक्षर नगर घोषणा भएको पनौतीलाई उहाँकै कार्यकालमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरियो । खुल्ला दिशामुक्त क्षेत्र घोषणामा मात्रै उहाँ रोकिनुभएन । कृषि पकेट क्षेत्र घोषणा गरेर कृषकको आम्दानी बढाउने प्रयास थाल्नुभयोे ।
ऐतिहासिक नगर पनौती क्षेत्रलाई बिश्व सम्पदामा सूचिकृतको लागि पहल गरेका उहाँले पर्यटक भित्राउन चरा संरक्षण क्षेत्र बनाउनुभयो । घर घरमै पुगेर गरिब जनताको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नुभयोे । गरिब नागरिकको निःशुल्क बिजुलीको पैसा तिर्ने काम गर्नुभयोे ।
जिल्लाकै बनेपा र धुलिखेलमा पुण्यमाता खोलाले बितण्डा मच्चाउँदा पनौतीमा कम क्षति हुन्छ । त्यो कार्यको योजना उहाँले नै करिडोर मार्फत सफल पार्नुभयोे ।
गम्भीर प्रकृतिका रोग लागेका नगरवासीलाई आर्थिक सहयोग गर्दै कोरोनाबाट मृत्यु भएका नागरिकलाई काज किरिया खर्चको व्यवस्था गर्नुभयोे । नगर अस्पतालको लागि जग्गा व्यवस्थापन गर्नुभयो,े बर्षाैदेखिको विवादमा रहेको रंगशालाको जग्गा व्यवस्थापन गरेर उदाहरणीय बन्नुभयोे । पनौती, बनेपा, पनौती कुशादेवी सडकमा पहलकदमी लिई विस्तारसहित कालोपत्रे र खोपासी सडक विस्तारमा योगदान दिनुभयो ।
सुन्थान नमोबुद्ध सडक विस्तारसहित कालोपत्रे गर्न पूर्वाधार तयारी, बाल संरक्षण केन्द्र भवनको निर्माण अन्तिम चरणमा पु¥याउनुभयो । पनौतीमा दुईवटा सहिद पार्कको निर्माण सम्पन्नतर्फ उन्मुख भएका छन् । प्याराग्लाईडिङ तालिम र उडानमा सफलता हासिल भएको छ ।
पशुपंक्षीका क्षेत्रमा उल्लेख्य उपलब्धि आकर्षक र चासो (भंैसी प्रवद्र्धन, पशु बीमा, पाडापाडी जन्म दर्ता, भैँसी सुत्केरी भत्ता) दिनुभयो । जसको अनुशरण नेपालका ७० भन्दा धेरै पालिकाले अहिले गरिरहेका छन् ।
यहि कामका कारण लोकप्रिय नेकपा एमालेबाट पनौती नगरपालिकाको प्रमुख पदका उम्मेदवार भीम न्यौपाने, र उपप्रमुखका उम्मेदवार गीता बञ्जाराको जित नजिक रहेको बताईन्छ । –नव क्षितिज साप्ताहिकबाट