


काठमाडौं – ८ वटा कम्युनिस्ट बीच पार्टी एकता गर्ने सहमति भएको छ। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलबीच भएको सहमतिअनुसार पार्टीको नाम पछि टुंगो लगाइने छ। भने चुनाव चिन्ह पाँच कुने तारा रहने तय गरिएको छ।
बिज्ञापन


आइतबार हस्ताक्षर भएको सहमति पत्रअनुसार कात्तिक १९ मा एकता घोषणा गरिने र ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने उल्लेख छ। मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेलिनवाद रहनेछ। महाधिवेशनसम्म संयोजक र सह–संयोजकको नेतृत्व रहनेछ।



