काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले ललितपुरको जाउलाखेल चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ। बिगत २१ बर्ष देखि सौन्दर्य क्षेत्रमा नेपालकै उत्कृष्ट ब्यूटिपार्लर एण्ड ट्रेनीङ सेन्टर बन्न सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले सौन्दर्यका पारखिहरुका लागि सेवा प्रदान गर्नको साथै सौन्दर्य पेशालाइ अङ्गाल्न खोज्नेहरुको लागि तालिमको समेत ब्यबस्था गर्दै आएको छ। एकान्तकुना जाउलाखेल ललितपुरमा संचालन हुँदै आएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले आफ्ना ग्राहक वर्गको सेवा सुबिधालाई ध्यानमा राख्दै जाउलाखेल चोकमा शाखा बिस्तार गरेको छ। प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले ७००० हजार भन्दा बढीलाई सौन्दर्यकला सिप सिकाएर सम्बन्धित पेशामा दक्ष एवम् आत्मनिर्भर बनाएको छ।

प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङकि अध्यक्ष रेणु राना मगर (शाक्य) को माता पिता प्रेम शाक्य र सिता शाक्य तथा छोरी प्रोत्साहना राना मगर मार्फत रिवन काटि शुभारम्भ गरिएको उद्घाटन कार्यक्रममा अतिथिहरु बरिष्ठ सौन्दर्यबिदहरु रचना शाक्य,लक्ष्मी महत, कमला लामिछाने, सुष्मा रावल, चन्दा मगर, गायिका ऋतु कंडेल सौन्दर्यकर्मीहरु सुजाता राइ सबनम सुब्बा ऐस्वर्य शाक्य, मंजु श्रेष्ठ, प्रिती शाक्य पत्रकारहरु सुर्य चन्द, पुरुश्वतम बस्नेत, नवराज वाग्ले लगायतको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथिहरुले प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरलाई बधाई तथा शुभकामना दिएका थिए।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly