कार्तिक १७ र १८ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरमा नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघद्वारा आयोजित तेस्रो राष्ट्रिय खुकुरी मार्शल आर्ट्स प्रतियोगिताको उपाधि कर्णाली प्रदेशले चुमेको छ ।

२ दिनसम्म सुर्खेतमा आयोजित प्रतियोगितामा दोश्रो स्थान बागमती प्रदेशले र तेश्रो स्थान सुदुरपश्चिम प्रदेशले जितेको थियो । बिभिन्न उमेर र तौल तथा महिला पुरुष फरक समुहमागरी प्रतियोगितामा विभिन्न ४ विधामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा लुम्बिनी प्रदेश चौथो, गण्डकी पाचौं र मदेश प्रदेश छैटौं भएको खेलमा सबै जिल्लाका खेलाडीहरूले सहभागिता जनाएको निर्णायक मण्डलका अध्यक्ष राजेन्द्र खत्रीले जानकारी दिए । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका अध्यक्ष डा.पूर्णप्रसाद पाण्डेले प्रतियोगितामा विभिन्न ४ विधामा प्रतियोगिता भएको जसमा फूल केन्पो, सेमी केन्पो, सेल्फ डिफेन्स केन्पो र खुकुरी काता अन्तर्गतका विभिन्न प्रतिस्पर्धा भएको बताए । केन्द्रीय अध्यक्ष पाण्डेका अनुसार प्रतियोगितामा विजयी खेलाडीलाई नगद पुरस्कारसहित कप मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गरेका थिए । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका अध्यक्ष डा.पूर्णप्रसाद पाण्डेको अध्यक्षता, महासचिव भरत गोदारको सञ्चालनमा भएको प्रतियोगिताको उद्घाटनमा स्वागत मन्तव्य कर्णाली प्रदेश अध्यक्ष इश्वर शाहीले गरेका थिए । सहभागीहरुले बिभिन्न सांंगितिक प्रतिभा प्रस्तुत समेत गरेको कार्यक्रममा । साथै उक्त खेल कार्यक्रममा संघका प्रमुख सल्लाहकार तथा वल्ड ग्राण्ड माष्टर डा. चुडादेव सिंह लामा घिसिङ र बरिष्ठ उपाध्यक्ष कुमार कार्कीलगायतले खेल क्षेत्रका बारेमा बोलेका थिए ।

सो अवसरमा संघका प्रमुख सल्लाहकार डा. चुडादेव सिंह लामा घिसिङलाई वल्ड ग्राण्ड मास्टर डा.पाण्डेको सिफारिसमा शिल्ड र प्रमाणपत्रसहित वल्ड ग्राण्ड माष्टरको अति विशेष सम्मान प्रदान गरिएको संघका प्रेस सल्लाहकार नवराज बजगाईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..