काभ्रेपलान्चोक – जनचेतना युवा समुहको २९ साधारणसभा सम्पन्न भएको छ । आज शनिबार एक कार्यक्रमको बिच साधारणसभा सम्पन्न भएको हो । साधारणसभा वडा अध्यक्ष बिनोद गौतमको प्रमुख आतिथ्यतामा र सस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेको सभापतित्वमा सनिवार सम्पन्न भयो।
प्रमुख अतिथि सामजिक चेतना फैलाउन,बिकास निर्माणका सवालमा समेत योगदान गरेको बताउदै आगमी दिनमा वडाले सयहेता उपलब्ध गराउने बताउनु भयो। सस्थापक अध्यक्ष उद्धब प्रसाद बडाल,पुर्ब अध्यक्ष सधुराम बडाल लगायतले मन्तव्य राख्नु भएको थियो । सचिब नवराज बडालले प्रगती प्रतिबेदन र भाबी कार्यक्रमकोषाध्यक्ष नवीन बडालले आ.ब ०७९/८० को लेखापरीक्षण प्रतिबेदन प्रस्तुत गर्नु भयो।
सस्थाको १ लाख २५ हजार ५०० बराबरको आय ब्यय रहेको छ । महिला शसक्तीकरण नेपालकि पार्वती केसी युवा अभियान नेपालका पवन गौतम, बछ्लादेवी महिला बचत तथा ऋण सस्थाकी अध्यक्ष सुनिता बडाल लगायतको आतिथ्यता रहेको थियो। उपाध्यक्ष रमेश बडालले धन्यवाद व्यक्त गर्नु भयो। सस्थाम १ सय ४६ आजिबन सद्स्य रहनु भएको छ । उक्त रकमको कोषबाट परिचालित रकमबाट सस्थले रक्तदान, मठमन्दिर संरक्षन, कन्या पुजा सन्चालन र वातावरण प्रदुषण रोकावट सचेतना कार्यक्रम गर्दै आएको कुरा सस्थाका अध्यक्ष न्यौपानेले बताउनु भयो।