मायालु लामा, काठमाडौँ । स्मरणशक्तिमा विश्व कीर्तिमानी राख्न सफल अर्पण शर्मा नेपालको पहिलो समावेशी म्युजिक अवार्ड (निम अवार्ड) को अवसरमा सम्मानित हुनुभएको छ ।

पावर इन्टरनेशनल मिडियाको आयोजनामा सञ्चालित गत शनिबार सम्पन्न निम अवार्ड कार्यक्रममा गिनिज वल्र्ड रेकर्ड कायम गर्नुभएका शर्मालाई लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झाको हातबाट सम्मान एवं कदर पत्रसहित सम्मानित गरिएको थियो । वि.सं. २०७१ असोज १० गते शर्माले एक मिनटमा ४२ वटा वस्तुको स्मरण गरेर गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफलता प्राप्त गर्नुभएको थियो । उहाँलाई धेरै कुरा सझिन सक्ने व्यक्ति ‘मेमोरी किङ’ भनेर पनि चिनिन्छ ।

उहाँ नेश्नल युथ अवार्ड विजेता, हिमाल इन्टरनेशनल अवार्ड विजेता, युथ विलेन्सी अवार्ड लगायत धेरै अवार्डबाट पनि सम्मानित भईसक्नु भएको छ । उहाँ नेपाल सरकारद्वारा राष्ट्रिय युवा पुरस्कार–२०७२ बाट पनि सम्मानित भइसक्नु भएको छ । अर्पणलाई २०२० को डिसेम्बरमा नेपाल जेसिसले उत्कृष्ट युवा पुरस्कारसहित स्वर्ण पदकले सम्मानित गरेको थियो । २०४६ सालमा झापाको भद्रपुरमा जन्मिनुभएका शर्माले विभिन्न स्थानमा पुगेर विद्यालय, क्याम्पस लगायत विभिन्न कार्यक्रमहरुमा स्मरण शक्ति अभिवृद्धि तालिम पनि दिदै आउनुभएको छ । त्यती मात्रै नभएर उहाँले स्मरण शक्ती बढाउने टिप्सहरु पनि दिने गर्नुहुन्छ । पक्कै पनि अर्पणको स्मरण क्षमतालाई देशको शिक्षा प्रणालीमा सही तरिकाले उपयोग गर्न आवश्यक छ ।

पछिल्लो समय युवाहरुको प्रेरणाको स्रोत बन्न सफल सरल स्वभावका धनि विशिष्ट व्यक्तित्व हुनुहुन्छ शर्मा । आफ्नो प्रतिभा आफुमा मात्रै सिमित नराखी “ध्यान तथा स्मरण शक्ति तालिम” मार्फत देशभरीका नेपाली युवालाई आफु जस्तै प्रतिभाशाली बनाउन उल्लेखनीय योगदान गर्नुहुन्छ उहाँ । हरेक नेपालीको मन मुटुमा बस्न सफल उहाँ आफ्नो स्मरण क्षमताका लागि मात्रै नभएर स्तरीय प्रशिक्षकको रूपमा पनि चिनिनुहुन्छ ।

बहुमुखी प्रतिभाका धनी शर्मा विभिन्न सभा, समारोहमा गीत र भजन पनि गाउँनुहुन्छ । उहाँले हङ्कङ,थाईल्याण्डलगायत विश्वका विभिन्न देशहरूमा मेमोरी सेमिनार गरिसक्नुभएको छ । त्यति मात्रै नभएर उहाँको सफलताको कथा अष्ट्रेलियाको एक प्रतिष्ठित विश्वविद्यालयले २०२० को जुन महिनामा आफ्नो ब्लगमा पनि सम्मानजनक कवरेज राखेको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly