आज २०८२ साउन ०३ गते शनिबारको राशिफलसंगै पाथीभरा माताको दर्शन गरौँ !

मेष (चुचेचोलालिलुलेलोअ)

बिज्ञापन

चन्द्रमा आज पनि तपाईंको राशिमै भएकाले आत्मबल उच्च रहनेछ। अरूलाई पछि पार्ने मनोवृत्तिले काममा गति ल्याउँछ। तर, हतारमा गरेका निर्णयले पछुतो निम्त्याउन सक्छ, त्यसैले सोचेर मात्र अघि बढ्नु उत्तम।

वृष (इबाबिबुबेबो)

मन अलिकति डर वा द्विविधाले भरिन सक्छ। अरूको कुरा धेरै मनमा नहाल्नुहोस्। आजको दिन विश्राम र आत्ममूल्याङ्कनमा बिताउनु राम्रो हुनेछ।

मिथुन (काकिकुकेकोह)

पुराना मित्रसँग आत्मीय भेटघाट हुन सक्छ। योजनामा साथ दिने मानिस पाउन सकिन्छ। सामाजिक सञ्जाल वा सार्वजनिक स्थलमा विचार प्रकट गर्न सकिने दिन हो।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

कामकाजमा तपाईंकै नाम चर्चामा आउन सक्छ। बुबा वा उच्च पदस्थ व्यक्तिको सल्लाह मार्गदर्शक हुनेछ। महत्वाकाङ्क्षा अनुसार परिणाम पाउन धैर्य राख्नुपर्छ।

सिंह (मामिमुमेमोटाटिटुटे)

विद्यामा ध्यान केन्द्रित हुनेछ। धर्म, दर्शन वा सन्देशमूलक कार्यमा मन तानिनेछ। आजको योजना भविष्यको दिशानिर्देशक बन्न सक्छ।

कन्या (टोपापिपुपेपो)

भावनात्मक सम्वाद गहिरो हुने दिन हो। जीवनसाथी वा आफन्तसँग मनका कुरा खुलस्त गर्न सकिनेछ। खर्च र आम्दानीबीच सन्तुलन राख्न प्रयास गर्नुहोस्।

तुला (रारिरुरेरोतातितुते)

साझेदारी, सम्वन्ध र समझदारीमा विशेष ध्यान दिनुपर्ने दिन हो। सम्बन्धमा द्वन्द्व सिर्जना हुन सक्ने सम्भावना छ, त्यसैले सामञ्जस्यको प्रयास गर्नु आवश्यक छ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

दैनिक काममा व्यस्तता बढ्नेछ। शरीरमा थकान भए तापनि लक्ष्यप्रति समर्पण देखिन्छ। स्वास्थ्यका साना समस्यामा हेलचेक्र्याइँ नगर्नु राम्रो।

धनु (येयोभाभिभूफाभे)

मन रमाइलो चाहन्छ। गीत, कविता, प्रेम वा रमाइला कुरामा समय बित्न सक्छ। मनको कुरा मनमै राख्नुभन्दा खुलेर भन्नु फाइदाजनक हुनेछ।

मकर (भोजिखिखुखेखोगागि)

घरपरिवारको कुरा गम्भीर रुपमा लिनुपर्ने हुन सक्छ। बुवाआमाको भावनालाई सम्मान गर्नुहोस्। सम्पत्ति वा घरसम्बन्धी विषयमा चलखेल हुन सक्छ।

कुम्भ (गुगेगोसासिसुसेसोद)

बोलचाल र सम्पर्क सञ्जाल विस्तार हुने समय हो। छोटो यात्रा वा बैठकले उपयोगी सूचना दिन सक्छ। दाजुभाइ वा साथीले मनको कुरा बुझ्ने सम्भावना छ।

मीन (दिदुदेदोचाचि)

धनको आवागमन घटबढ हुन सक्छ। योजना बनाउँदा आफ्ना स्रोतको यथार्थ मूल्याङ्कन गर्नु आवश्यक छ। कार्यक्षेत्रमा सम्मान पाइएला, तर व्यर्थको खर्चले दिक्क लाग्न सक्छ।