काभ्रेपलान्चोक – बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले अन्तर्राष्टि‌‍य ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थामा आवद्ध ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरेको छ ।

७५ वर्ष उमेर पूरा भएका १८९ जना ज्येष्ठ सदस्यहरुलाई संस्थाको मुख्य कार्यालय र सेवा केन्द्र कार्यालयहरुमार्फत ऊनीको पछ्यौरा, हट वाटर ब्याग, बिस्कुट र ३ सय रुपैया नगद उपहार सहित सम्मान गरिएको हो ।

कार्यालयसम्म आउन नसक्ने सदस्यलाई संस्थाका प्रतिनिधिहरू घर घरमै पुगेर समेत सम्मान गरिएको थियो । संस्थाकाे महिला तथा सामाजिक साँस्कृतिक उपसमितिकाे आयोजना र ब्यवस्थापनमा संचालित कार्यक्रममा संचालक समिति, लेखा समिति, सल्लाहकार, सेवा केन्द्र ब्यवस्थापन उपसमिति र कर्मचारीहरूकाे सहभागिता रहेकाे थियाे ।

संस्थाले विगत १८ वर्षदेखि हरेक वर्ष आफ्नो वार्षिक कार्यक्रममा बजेट छुट्याएर ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम आयोजना गरी सम्मान गर्दै आईरहेको छ । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..