काभ्रेपलान्चोक – पत्रकार सुमन नेपाल नेकपा एमालेकाे तर्फबाट काभ्रेको मण्डनदेपुर नगरपालिका वडा नं १० काे वडा अध्यक्ष उम्मेदवार बन्नु भएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उहाँ काभ्रेको पहिलो पत्रकार उम्मेदवार बन्नु भएको हो। अन्य केही वडा तथा पालिकामा पनि पत्रकारहरु उम्मेदवार बन्ने चर्चा चलेको छ ।