काभ्रेपलाञ्चोक – बनेपा नगरपालिका वडा नम्बर १४ र १३ मा बृहत् एकिकृत खानेपानीको शिलान्यास गरिएको छ । आज बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले साँगामा बृहत् एकिकृत खानेपानीको शिलान्यास गर्नु भएको हो ।

नगर प्रमुख बादेका अनुसार उक्त खानेपानी बाट पाँच हजार भन्दा धेरै मानिस लाभान्वित हुने जानकारी दिनु भयो । उहाँले बनेपा नगरका १३ र १४ वडाका सम्पूर्ण घर धुरीलाई खानेपानी पुग्ने बताउनु भयो ।

निर्वाचनमा गरेका प्रतिबद्धता अनुसार खानेपानी, पक्की सडक, विद्यालय, स्वास्थ्य चौकीका भवन, वडा कार्यालयका भवन, विभिन्न तालिम प्रदान गरी आत्मनिर्भर बनाईएको बताउनु भयो ।

बनेपा नगरको उप प्रमुख रेखा सापकोटा दाहालले आयोजनाको काम गुणस्तरीय गरी समयमा नै सम्पन्न गराउनु पर्ने बताउनु भयो ।

शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, वडा नम्बर १३ का वडा अध्यक्ष सुर्यनारायण नापीत, १४ का वडा अध्यक्ष गौरी राउत, उपभोक्ता समितीका पदाधिकारी, स्थानीयको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..