परिवर्तन एउटा यस्तो अपरिहार्य तत्व हो । जुन जस्तो आकार–प्रकार, अवस्था व्यवस्थामा पनि हुन्छ । कति परिवर्तन सकारात्मक हुन्छ भने कति नकारात्मक पनि, जव सकारात्मक परिवर्तनको चिन्तन हुन्छ । अवश्य पनि त्यो परिवर्तन कालान्तर सम्म प्रगतिको पथमा रहन्छ, जव परिवर्तन समाजको हुन्छ, तव सभ्यताको विकास हुन्छ, जहाँ सभ्यता, दक्षता, र क्षमताको विकास हुन्छ । त्यो पूर्ण रुपले विकशित समाज बन्दछ, यसको एक उदाहरण हो बनेपा नगरपालिका ।
विशेष गरेर हाम्रो नेपाल जस्तो विकासोन्मुख देशमा सभ्य समाजको निर्माण गर्नु र स्वाबलम्बी बनाउनु नितान्त आवश्यक छ । देशमा हाल ७५३ स्थानिय तहहरु रहेका छन् । कति विकशित बन्दै छन् त कति बिकसित बनाउने तरखरमा रहेका छन् तर बनेपा नगरपालिका भने नगरको बृहत्तर हितको लागि अहोरात्र लागि परेको छ । भूगोलका हिसावले पुर्वमा रक्तचन्दन भनिने चंडेश्वरी जंगल, उत्तरमा थागु (माथिको)जंगल र दक्षिणमा क्वाःगु (तलको) जंगलको पृष्ठ भूमिमा काठमाण्डौ देखि २० किलोमिटर पुर्व समुन्द्री सतहदेखि ४८०० फिट उचाईमा प्राकृतिक छटाहरुले घेरिएको उपत्यकामा अवस्थित प्राचिन सभ्यता बोकेको ऐतिहासिकथलो हो बनेपा नगरपालिका ।
परापूर्व कालदेखि नै भोटसंग व्यापारको लागी व्यपारिक केन्द्रको रुपमा परिचित बनेपा आज पनि काभ्रे जिल्लाको मुटुको रुपमा हेरिन्छ भने हिमाल, पहाड, तराई जोड्ने व्यापारिक नाका बनेको छ । २०७८ को तथ्यांक अनुसार ६७६९० कुल जनसंख्या रहेको नगरपालिकामा ३४५१८ महिला तथा ३३१७२ पुरुष छन्,जम्मा १६६९८ घरधुरी रहेको बनेपामा प्रायःमानिसहरु कृषि तथा व्यवसायमा आबद्ध छन्।
बनेपा नगरपालिकाले नगरको विकास तथा स्तोरन्नतिका लागि विभिन्न शाखा विभाजन गरि कामको बाँडफाँड गरेको छ, तिनै शाखा मध्येको महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाले विभिन्न कार्य योजना बनाई सो अनुरुप कार्य गर्दै आएको छ । बिगतका बर्षहरुमा पनि योजना अनुरुप काम गर्दै आएको शाखाले यस आर्थिक वर्ष २०८०÷८१ मा उलेख्य मात्रामा प्रगति गरेको देखिन्छ । महिला उद्यमीसंग पटक–पटक तयारी बैठक गरी कसरी महिलालाई उद्यमशिल बनाउने भन्नेमा जोड दिएको छ, त्यसैगरी महिलाहरुको महानपर्व तीजको अवसरमा बजार मेला प्रवद्र्धन गर्न महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीहरुको प्रदर्शनी तथा विक्रीगरेको थियो । उक्त कार्यक्रममा ८०० भन्दा धेरै महिलाहरुले सहभागिता जनाएका थिए भने लोकगीत प्रतियोगिता द्वारा महिलाहरुको प्रतिभा उजागर गरि हौसाला प्रदान गरेको थियो ।
महिलाहरुलाई सशक्त बनाउन शाखाले महिला शहकारीहरु नेतृत्व तथा क्षमता अभिबृद्वि तालिम २ पटक गरि १२५ जना र फेरी अर्को २ पटक गरि ९४ जना महिलालाई तालिम प्रदान गरेको छ ।
शाखाले महिला दिवसको अवसरमा नेतृत्व प्रतिको रुपमा रहेका १२३ जना महिला कर्मचारीहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान गरि थप काम गर्ने हौशला प्रदान गरेको थियो । त्यसै गरी नगर भित्रका एकलमहिलाको पहिचान गरि नगर स्तरिय एकलमहिला समूह¬ गठन गरि ६७ जना महिलाहरुसंग अन्तरक्रिया गरेको थियो भने नगर स्तरिय एकलमहिला समूहलाई झोला, जुत्ता बनाउने तालिम समेत प्रदान गरेको छ ।
त्यस्तै १५ जना संचारकर्मी समुहलाई क्षमता विकास तालिम, लक्षित वर्गका महिलाहरुलाई झोला, ब्याग, र जुत्ताबनाउने तालिम, जेष्ठआमा समुहलाई पनि ५ दिने झोल सावुन बनाउने तालिम, कट्स एण्ड केयरलाई नेल आर्टस तालिम प्रदान गरि १५ जनालाई योग्य बनाएको छ भने महिला उद्यमी सज्जा लेडिज टेलर्सले डिजाइनिङ्ग कोर्ष र आईतमाया द्वारा बेषिक कोर्ष कटाई तालिम समेत प्रदान गरिसकेको छ, यसरी आफ्नो क्षमता अभिवृद्धि हुने सिप सिक्न पाउँदा धेरै नै खुशी देखिन्छन् बनेपाका महिलाहरु …
यसरी सिप सिकी दक्ष बनेका महिलाहरु आत्मनिर्भर मात्र बनेका छैनन् प्रदेश सरकारको विशेष अनुदान प्राप्त गरि आफ्नो व्यावसाय संचालन गर्न सक्षम बनि सकेका छन् ।
महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाले महिलासंग उपमेयर कार्यक्रमको अवधारणा ल्याई महिलालाई कृषि क्षेत्रमा सक्रियता बढाउनका लागि वडा नं १ मा मौरी पालन तालिम र मौरी गोला वितरण गरेको छ भने विपन्न वर्गका व्यतिहरुलाई आयआर्जनका लागि विभिन्न शिपमुलक तालिम, गिरीराज कुखुरा, चल्ला वितरण जस्ता कार्यक्रम संचालन गरी महिलालाई आत्मनिर्भर बनाउनलागि परेको छ ।
त्यस्तै महिलाले उत्पादन गरेका सामाग्री बिक्रि वितरणका लागी सात्ताहिक बजारको स्टलको व्यवस्था गरेको छ भने नगरको यस्तो कदम प्रति व्यावसायि महिला खुसि देखिन्छन् ।
महिलाको सिप तथा क्षमता अभिवृद्वि गर्नको लागि गृहणी महिला सशक्तिकरण बैठक सम्पन्न गर्नुका साथै वडा नं ९ र ११ मा कृस्टल माला बनाउने तालिम, वडा नं ४ मा बुटिक सिलाई सम्बन्धी तालिम, वडा नं ८ मा सरफ र झोल बनाउने तालिम, वडा नं ७ मा चुरा बनाउने तालिम तथा ३ महिने ढाका बुनाई तालिम समेत प्रदान गरेको थियो, भने यस्ता तालिम लिन पाएकोमा महिलाहरुले नगरपालिकालाई धन्यवाद दिएका छन् ।
शाखाले स्वास्थ्य सक्षरता तथा नियम कानुनसंग पनि अवगत गराउने उद्वेश्यले वडा नं १२ मा कानुनी सक्षरता तथा महिला सशक्तिकरण सम्बन्धी तालिम प्रदान गरेको छ । त्यस्तै, वडा नं १३, लक्षित वर्गका ५० जना र अगुवा महिलाहरुलाई समेत प्रजनन स्वास्थ्य तथा मनोविमर्श तालिम दिएको थियो । जसकारण प्रजनन स्वास्थ्यका कुरा खुलेर भन्न नसक्ने अवस्थाको अन्त्य भएको छ ।
बनेपा नगरपालिकाको उक्त शाखाले लैंगिक हिंसा सम्बन्धी पनि उत्तिकै मात्रामा कार्य गरेको पाइन्छ, शाखाले लैंगिक क्षेत्रमा काम गर्ने संघ संस्थासंग तयारी बैठक तथा परामर्श गर्नुका साथै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान संचालनको अवसरमा अन्तरक्रिया सम्पन्न हुँदा कार्यक्रमबाट ६७ जना महिलाहरुले परामर्श लिएका थिए भने शाखाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण (जेसी आडीट) परिक्षण गर्नुका साथै उक्त विवरण सार्वजनीक गरि सकेको छ ।
२०७९ को निर्वाचनबाट नगर उप–प्रमुख पदमा निर्वाचित भएर आउनु भए पछी विमला सापकोटा दाहालले आफ्नो काम, कर्तब्य, जिम्मेवारी तथा न्यायिक समितिको कार्य योजना लागायतका कार्य चुस्त दुरुस्त राख्नुका साथै महिलाहरुको हक, हित र अधिकार दिलाउनको लागि सधै लागि पर्नु भएको छ, उप–मेयर स्वयं कानुनका ज्ञाता हुनु भएकै कारण बनेपाका महिला हिंसामा पर्नु परेको छैन ।
बनेपा नगरपालिकाको महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाले किशोर किशोरिको मनोविज्ञान, स्वास्थ्य लगायतको कुरालाई मध्यनजर गर्दै ६६ जनाकिशोर किशोरीलाई क्षमता विकास तालिम प्रदान गरेको छ । त्यस्तै आज भोलिको सामाजिक संजालको बढ्दो दुरु प्रयोग र त्यसले किशोरीहरुको भावना र चरित्रमा खेलवाड हुन नदिन विद्युतिय अपराध तथा आत्मरक्षा सम्बन्धी ३२३ जना किशोर किशोरीलाई तालिम प्रदान गरि सकेको छ ।
बनेपा नगरपालिकाको उक्तशाखाले वालवालिकाको क्षेत्रमा पनि उल्लेखनिय काम गरेको देखिन्छ, नगरभित्र कोही बालवालिका पढ्न, लेख्नबाट वञ्चित नहुन् भनेर अनाथ, असाहाय पिछडिएका बालवालिकालाई छात्रवृत्तिको व्यवस्था गर्ने मात्र नभई उनीहरुको उज्ज्वल भविश्यका लागि विभिन्न कार्यक्रमहरु ल्याइएका छन्, त्यस्तै नगरपालिकाद्वारा वडा नं ९ को वहिरा स्कुलमा रहेका सबै वालवालिकालाई झोला, खाम, फाईल, टोपी, पन्जा, तथा किरिंग बनाउने तालिम प्रदान गरेको बताउनु हुन्छ बहिरा स्कुलकी दोभाषे शिक्षिका……………….
शाखाले बालदिवसको अवसरमा बालवालिकासंग जनप्रतिनिधि अन्तरक्रिया संचालन गरी नगर भित्रका १४५ जना बालवालिकाले जनप्रतिनिधि संग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए भने बालमैत्री स्थानिय शासन गठन गर्नुका साथै १४ वटै वडामा वडा स्तरीय तथा नगर स्तरीय वाल संजाल गठन अभिमुखि करण कार्यक्रम सम्पन्न गर्दा ६७ जना वालवालिका संजालमा जोडिएका छन् । त्यस्तै आमाबुवा विहिन २० जना असाहाय बालवालिकाको लागि सामाजिक सुरक्षा भत्ताको समेत व्यवस्था गरेको छ ।
त्यति मात्र नभई शाखाले ५ वटा वडामा सरोकारवाला निकायसंग वालमैत्री सूचक मापन गर्ने, २ पटक सम्म बालश्रम मुक्त स्थानीय तह घोषणा समन्वय समितिको बैठक बसी वालश्रम निवारण क्षेत्रगत अवधारणामा स्थानीय भूमिका विषयका गोष्ठी समेत सम्पन्न गरेको थियो । उक्त गोष्ठीमा ४६ जना वालवालिकाहरु उपस्थित थिए भने नगर स्तरिय बाल भेला समेत सम्पन्न भएको छ भेलामा ९५ बालवालिका सहभागी थिए । त्यसै गरी९ स्थानमा गरेर ८४५ जनालाई सम विकास तालिम समेत प्रदान गरेको थियो । हाल नगर भित्रका ५ वटा वडाहरु क्रमशः ४,५,१०, ११, र १३ बालमैत्री वडा घोषणा भई सकेको छ भने वडा नं २, ३, र १२ वालश्रम सुनिश्चितता र बाँकी वडाहरु क्रमश वालश्रम मुक्त वडा बनाउनुका साथै वालमैत्री नगर घोषणा गर्ने तयारि भई रहेको छ ।
महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाले अपाङ्गको लागि सरोकार राख्ने तथा अपाङ्गका क्षेत्रमा काम गर्ने निकायसंग अन्तरक्रिया गर्ने गरेको छ भने शाखाले ३ पटक सम्म अपाङ्ग व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्न स्थापना(सिबिआर) कार्यक्रम समन्वय तथा अनुगमन समितिको बैठक बसी (सिबिआर) कार्यक्रमको सूचना प्रकाशन गर्ने अपाङ्ग भएका व्यक्ति तथा संघ संस्थासंग १० पटक सम्म तयारी बैठक बस्ने साथै अपाङ्गता समन्वय समितिको बैठक बसी पहिलो चरणमा ५ र दोस्रो चरणमा ३ पटक सम्म सिबिआर कार्यक्रम समन्वय तथा अनुगमन सम्पन्न गरि सकेको छ ।
त्यस्तै बनेपा नगरपालिको वडा नं १ को अपाङ्ग परिवारलाई २० हजार नगद सहयोग गरेको छ भने केहि अपाङ्ग परिवारलाई सावुन बनाउने तालिम दिनुका साथै कुखुराको चल्ला समेत वितरण गरेको छ, यस्तो सहयोग पाउँदा अपाङ्ग परिवारल ेबनेपा नगरपालिकालाई धन्यवाद दिएका छन् ।
बनेपा नगरपालिकाको महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाले जेष्ठ नागरिकहरुको लागि पनि उत्तिकै उत्तरदायी देखिन्छ । जेष्ठ नागरिकको हक, हित र अधिकार प्रदान गर्दै आएको छ । प्रत्येक वडामा वडा जेष्ठ नागरीक मंच र नगरपालिकामा नगर जेष्ठ नागरीक मंच गठन गरी जेष्ठ नागरीकसंग विभिन्न कार्यक्रम संचालन गर्ने गरेको छ । शाखाले जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गर्दै आएको छ भने यो प्रक्रिया निरन्तर नै छ ।
त्यस्तै जेष्ठ नागरिकहरुको समय समयमा स्वास्थ्य परिक्षण गर्ने, अल्जाइमर्स तथा स्वास्थ्य सम्बन्धि तालिम दिने मात्र न भई जेष्ठ नागरिकहरुलाई हौसला प्रदान गर्न जेष्ठ नागरिक दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा तिर्थाटन गराउने त्यस्तै, ४० जना जेष्ठ नागरिकहरु संग अन्तरक्रिया गर्नुका साथै नगरपालिका भित्रका १४० जना जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरेको छ ।
बनेपान गरपालिका अन्तर्गतको महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाले आफ्नो मातहतमा पर्ने निकाय, सरोकारवाला संघ, संस्था, लक्षितवर्ग बुद्धिजिवी लगायत सबैको सहकार्यमा महिलालाई कसरी सशक्त बनाउन सकिन्छ भनेर अहोरात्र लागि परेको छ भने महिला संग उपमेयर कार्यक्रम अवधारणा अन्तर्गत महिलालाई ज्ञान, सिप, क्षमता र दक्षता प्रदान गर्नुका साथै उद्यमशिल बनाउन सफल भएको देखिन्छ ।
त्यसैगरी महिलाको प्रजनन स्वास्थ्य, लैंगिक विभेदको अन्त्य, किशोर किशोरीको मनोविज्ञान परामर्श, अपाङ्गता, पिछडिएका वर्ग तथा जेष्ठ नागरिकको लागी समेत पूर्ण उत्तरदायी रहेको छ भने अपाङ्ग भएका व्यतिहरुलाई सम्मान तथा मागमा आधारित सामाग्री उपलब्ध गर्ने, किशोर किशोरीलाई जीवन उपयोगी सिप, तालिम प्रदान गर्ने र बाल मैत्री प्रोत्साहन कार्यक्रम गर्ने अन्तिम तयारी रहेको छ ।
समावेसी क्षेत्रको नीति तथा कार्यक्रम बजेट विनियोजन र समावेसी क्षेत्रमा कामको मुल्यांकनको आधारमा जेसी अडिटमा बनेपा नगरपालिका बाग्मती प्रदेशकै पहिलो पालिका हुन सफल भएको छ ।
यस आर्थिक बर्ष २०८०÷८१ मा जस्तै बिगतका बर्षहरुमा पनि सक्रिय रुपमा कार्य गर्दै आएको बनेपा नगरपालिका–महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाले आगामी बर्षमा अझ थप प्रभावकारी योजना ल्याई महत्वपुर्ण परिवर्तन गरि समृद्ध बनेपा बनाउने प्रण लिएको छ ।