“गाउँको बाटो” टेलि चलचित्र असोज ५ गते सार्वजनिक हुँदै

 

बनेपा — टलि चलचित्र “गाउँको बाटो” आउँदो असोज ५ गतेदेखि सार्वजनिक हुने भएको छ। सामाजिक परिवेशमा आधारित चलचित्रले गाउँघरको जीवनशैली, आपसी सम्बन्ध र बाटो खोज्दै गर्ने संघर्षलाई चित्रण गर्ने बताइएको छ।

बिज्ञापन

चलचित्रमा महेश घोरसाईने, पुकार घिमिरे, सुबिन थापा, सम्झना पनेरु दाहाल, विपिन हुमगाँई, शिव शर्मा, अस्मिता दाहाल, करुना, सारदा थापा, जानुका थापा र उपेन्द्र थापा लगायतका कलाकारहरूको दमदार अभिनय रहनेछ।

यस टेलि चलचित्रको छायांकन पुकार सापकोटाले गरेका छन् भने निर्देशन महेश घोरसाईने र पुकार घिमिरेले संयुक्त रूपमा गरेका छन्। कथा र पटकथा लेखक पुकार घिमिरे स्वयं हुन्।

चलचित्रलाई सफल बनाउन कपिल तिमल्सिनाले सहकार्य (support unit) गरेका छन्।

निर्माण टोलीले “गाउँको बाटो” ले गाउँले जीवनका पीडा र सौन्दर्यलाई यथार्थपरक तरिकाले दर्शाउने भएकाले दर्शकहरूले फरक अनुभव गर्ने विश्वास व्यक्त गरेका छन्।