सङ्गीतकार राजेन्द्र बजगाईंले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाउनुभएको छ । काठमाडौंको मूलपानी फूयाँलगाउँमा हास्य कलाकार सुलेमान शंकर (इकु)ले विगत आधा दशकदेखि सञ्चालन गर्दैै आएको स्नेह बाल आश्रममा पुगेर सङ्गीतकार बजगाईले आफ्नो जन्म दिन मनाउनु भएको हो ।

त्यहाँ रहेको १६ जना बालबालिकाहरूलाई स्टेशनरी सामग्री, कापी, डटपेन, इरेजर, पेन्सिल तथा विभिन्न खाद्य सामग्री, फलफूल, मास्कलगायतका सामग्री सङ्गीतकार बजगाईंले प्रदान गर्नुभएको थियो । केक काटेर त्यहाँ रहेका अनाथ बालबालिकाहरूलाई खाना खुलाउँदै उहाँले जन्मदिन मनाउनुभयो ।

स्नेह बाल आश्रमका सञ्चालक तथा हास्य अभिनेता इकुले राजेन्द्रलाई जन्म दिनको शुभकामना दिँदै आफ्नो आश्रममा रहेका बालबालिकासँग जन्मदिन मनाउँदै उनीहरूका लागि केही सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो ।

सङ्गीतकार बजगाईंको जन्मदिन मनाउन आश्रम पुग्नुभएका गायक तथा सङ्गीतकार भुवन प्यासीले पनि सो क्रममा अनाथ बालबालिकाहरूको स्कुल शुल्कको लागि भनेर पाँच हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..