काभ्रेपलान्चोक – काभ्रेपलान्चोक जिल्लामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न प्रहरीले ‘तपाईको मास्क खै?’ लेखेको ब्यानरको प्रयोग गरी सचेतना शुरु गरेको छ ।

आज काभ्रेको मंगलटारमा “नेपाल मास्क अभियान” अन्तर्गत वि.पि.राजमार्गमा चल्ने सार्वजनिक तथा निजि सवारी साधनमा सवार मास्क नलगाउने मानिसहरुलाई स्वास्थ्य मापदण्ड अनुरुप हिड्न सम्झाई बुझाई गरी मास्क वितरण गरिएको छ ।

अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लाउन लगाएको हो ।

यस अघि अनिवार्य मास्कको प्रयोग गर्न गराउन काभ्रे जिल्ला ट्राफिक प्रहरीले प्ले कार्ड प्रदर्शन, सार्बजनिक स्थानमा मास्क बितरण, सार्बजनिक यातायातमा अनिबार्य मास्कको प्रयोग गर्न सचेतना जगाउने, सामाजिक दुरी कायम गर्न र सिट क्षमता भन्दा बढि यात्रु नचढाउन सचेत गर्ने लगायतका कार्यक्रम गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..