काभ्रेपलान्चोक – आउ नेपाली देश बिकासमा जागौ नेपाली बोलको गित सार्वजनिक भएको छ । राम कृष्ण पोखरेलको युटुब च्यानल बाट उक्त गित सार्वजनिक भएको हो । गितमा स्वर/शब्द/रचना राम कृष्ण पोखरेलको रहेको छ भने संगित बाल कृष्ण सेवाचार्यको रहेको छ ।

गितमा स्थानीय चुनावमा कांग्रेस लाई जिताउ, घर घरमा जाउ, आउ नेपाली देश बिकासमा जागौ नेपाली जस्ता शव्दको प्रयोग भएको छ । यस गितका गायक राम कृष्ण पोखरेल नेपाली कांग्रेसको काभ्रे जिल्ला सदस्य हुनुहुन्छ ।

नेपाली काङ्ग्रसकोे १४ औँ महाधिवेशनको ८ औँ जिल्ला अधिवेशन सदस्यमा निर्वाचित हुनुभएका राम कृष्ण पोखरेल विगत १० बर्षदेखी राजनीतिमा निश्वार्थ भावनाले लाग्नुभएको छ ।

राम कृष्ण पोखरेलको नेतृत्वमा जिल्लाको धुलिखेल नगरपालिका वडा नं २ मा नेपाली काँग्रेसले ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली काँग्रेसले ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियान कार्यक्रम आयोजना गरेको थियो ।आयोजित कार्यक्रममा बोल्दै जिल्ला कमिटी सदस्य राम कृष्ण पोखरेलले आउदो स्थानीय चुनावको दिन रुख लाई भोट हाल्न आग्रह गर्नु भएको छ । उहाँले नेपाली कांग्रेसलाई सबै तर्फबाट विजयी गराउन कार्यकर्तालाई आव्हान समेत गर्नु भएको थियो ।    https://youtu.be/E4e53REipZ8

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly