स्थानीय तहको निर्वाचनमा काभ्रेमा ३ लाख ३ हजार ५ सय ६० जना मतदाताले १ सय ८९ मतदान स्थल र ३ सय ८१ मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । काभ्रेमा १ लाख ५४ हजार १ सय ८३ पुरुष, १ लाख ४९ हजार ३ सय ७५ महिला र २ जना अन्यले मतदानमा भाग लिन पाउने छन् ।

काभ्रेका पालिकाहरु मध्ये बनेपा नगरपालिकामा २४ मतदान स्थल र ४९ मतदान केन्द्र तोकिएको छ भने सबैभन्दा कम महाभारत गाउँपालिकामा ८ मतदान स्थल र १६ बटा मतदान केन्द्र तोकिएको छ । बनेपामा ३७ हजार ५ सय ८१ मतदाता छन भने महाभारतमा १२ हजार ४ सय २० मतदाता रहेका छन् ।

त्यस्तै पनौती नगरपालिकामा २० वटा मतदान स्थल र ४४ वटा मतदान केन्द्र तोकिएको छ । पनौतीमा ३८ हजार १ सय ४५ मतदाता छन् । पाँचखालमा १८ वटा मतदान स्थल र ३७ वटा मतदान केन्द्र तोकिएको छ । पाँचखालमा २९ हजार ६ सय ९७ मतदाता छन् । धुलिखेल नगरपालिकामा १९ वटा मतदान स्थल र ३४ वटा मतदान केन्द्र तोकिएको छ । धुलिखेल नगरपालिकामा २५ हजार ५ सय ८ मतदाता छन् ।

नमोबुद्ध नगरपालिकामा १६ वटा मतदान स्थल र ३० वटा मतदान केन्द्र छन् । नमोबुद्धमा २५ हजार ९ सय ५२ मतदाता छन् । मण्डनदेउपुर नगरपालिकामा १६ मतदान स्थलमा ३६ वटा मतदान केन्द्र तोकिएका छन् । मण्डनदेउपुर नगरपालिकामा २८ हजार ५ सय ३१ मतदाता रहेका छन् ।

गाउँपालिकाहरुमा रोशीमा १४ वटा मतदान स्थल र २८ वटा मतदान केन्द्र तोकिएका छन् । रोशीमा २२ हजार ५ सय ४३ मतदाता रहेका छन् । खानीखोलामा ९ मतदान स्थल र १५ मतदान केन्द्र तोकिएका छन् । खानीखोला गाउँपालिकामा १० हजार ३ सय ९ मतदाता रहेका छन् । खानीखोलामा १ अन्य पनि मतदाता रहेका छन् । चौरीदेउराली गाउँपालिकामा ११ मतदान स्थल र २४ मतदान केन्द्र रहेको छ । चौरीदेउरालीमा २० हजार १ सय ९१ मतदाता रहेका छन् । तेमाल गाउँपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र रहेको छ । तेमालमा २१ हजार १ सय ८ मतदाता रहेका छन् । बेथानचोक गाउँपालिकामा ९ मतदान स्थल र १८ मतदान केन्द्र रहेको छ । बेथानचोकमा १४ हजार ५ सय ५१ मतदाता रहेका छन् । भुम्लु गाउँपालिकामा १३ मतदान स्थल र २३ मतदान केन्द्र रहेका छन् । भुम्लुमा १ अन्य सहित १७ हजार २४ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..