काभ्रेपलान्चोक – रेडियो एवीसी एफ.एम ८९.८ मेगाहर्जका रमेश प्रसाद न्यौपाने सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति काभ्रेको संयोजकमा सर्वसम्मत चयन हुनुभएको छ ।   

आइतबार सम्पन्न बाग्मती प्रदेश सामुदायिक रेडियो प्रसारक संघ अध्यक्ष बलराम श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको भेलामा उपाध्यक्ष सपना कंडेल, सचिव दिपक घिमिरे, सदस्य सुरेश सायजु अतिथी हुनुहुन्थ्यो । उक्त भेलामा प्राइम एफ.एमका लक्ष्मण तिमल्सिना, मध्यपूर्व एफएमका रामकृष्ण बञ्जारा, रेडियो रोशीका राजन दाहाल, रेडियो नमोवुद्दबाट विमला थापा प्रतिनिधी सदस्य रहनुभएको छ । जिल्लामा रहेका सामुदायिक रेडियो सदस्य रहने सामुदायिक रेडियो प्रसारक संघको विधानमा उल्लेख छ ।

उक्त भेलाले जिल्ला संयोजकमा सर्वसम्मत चयन गरेकोमा धन्यवाद दिंदै जिल्ला संयोजक रमेश प्रसाद न्यौपानेले सामुदायिक रेडियोको हितमा काम गर्ने, सामुदायिक रेडियोमा देखा परेका समस्याहरुलाई पहिचान गरेर रेडियोहरुको स्थायित्व र विकासमा मद्दत पुर्‍याउनु हातेमालो गरेर बद्नुपर्ने तर्क गर्नुभयो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..