काभ्रेपलान्चोक – रेस्क्यु क्रियसनको शुभारम्भ गरिएको छ । डिस होमका अनर सुदिप आचार्य र गायक प्रेमराजा महतले बुधबार एक विशेष कार्यक्रमबीच रेस्क्यु क्रियसनको शुभारम्भ गर्नुभएको हो ।

पुरानो बानेश्वर उकालो कुमारी बैंक अपोजिट मानसरोवर पार्टी प्यालेससँगै चलचित्र तथा टि.भी सम्बन्धी सम्पूर्ण काम गर्ने उद्देश्यका साथ रेस्क्यु क्रियसन ग्रुपको सुभारम्भ गरिएको हो । सो अवसरमा प्रमुख अतिथि र अथितिले सफलताको शुभकामना दिएका थिए ।

मोडल तथा नायक यसराज गहरजले सञ्चालन गरेको कार्यत्रममा रिमा बिश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने कम्पनिका निर्देशक समन अधिकारीले कम्पनीले गर्ने कार्ययोजना प्रस्टायाउनु भएको थियो ।

कम्पनीको सिइओमा निर्माता तथा निर्देशक रिमेश अधिकारी, प्रबन्ध निर्देशकमा किशोर अनुराग ब्याबस्थापन तथा लेखामा सेजल काफ्ले, कार्यक्रम प्रमुखमा निर्माता तथा निर्देशक सुनिल मानन्धर र बजार ब्याबस्थापकमा बिनोद ओझा रहनुभएको छ । त्यस्तै पोखरा शाखा ट्रेनिङ सेन्टरको प्रबन्ध निर्देशकमा सञ्चारकर्मी बिनोद पहारी हुनुहुन्छ ।

सो अवसरमा गायक सीताराम प्रसाईं, कलाकार नवीन श्रेष्ठ, पुकार भट्टराई, सागर सुब्बालगायत सञ्चरकर्मीहरूको उपस्थिति थियो ।

यो संस्थामा एडिट, डबिङ, डिजाइनिङ कलर करेक्सन, ब्याकग्राउन्ड म्युजिकसहित चलचित्र सम्बन्धी सम्पूर्ण कार्य तथा टेलिभिजन सम्बन्धी सम्पूर्ण कार्य एवम् रियालिटी सो, चलचित्र, टेली चलचित्र, सिरिज निर्माण, नृत्य, अभिनय, आरजे, भिजे प्रशिक्षणसमेत दिइने कम्पनीका सिइयो अधिकारीले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..