समाजसेवी ताराबहादुर कुँवरले काभ्रे जिल्लाका केही विद्यालयहरूका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ । जिल्लाका विभिन्न गाउँहरूका १७ विद्यालयहरूमा उक्त सहयोग प्रदान गरिएको हो

हजुरलाई नमस्ते सामाजिक अभियानका माध्यमबाट कुँवरले उक्त सहयोग वितरण गर्नुभएको हो । कुँवरले यस पटक एक हजारभन्दा बढी व्यक्तिलाई यस्तो न्यानो कपडा प्रदान गर्नुभएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न शैक्षिक संस्थाहरूमा विद्यालय पोशाकमा एकरूपता कायम होस् र विद्यार्थीहरूले जाडोमा न्यानो कपडा लगाउन पाऊन् भन्ने मनशायले उक्त विद्यालयहरूमा यस प्रकारको सहयोग वितरण गरिएको कुँवरले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..