शितललाई मिसेस नेपाल आइडल उपाधि

email sharing button
sharethis sharing button
काठमाडौं,
पुस २ ।

विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल आइडल-२०२५ को ताज शीतल याक्सो लिम्बुले पहिरन सफल हुनुभएको छ । सोमबार काठमाडौंको ज्यापु प्रज्ञा भवनमा सम्पन्न उहाँले उक्त ताज चुम्न सफल हुनुभएको हो । हिमालयन मुभिजद्वारा आयोजित नवौं संस्करणको यो कार्यक्रममा फष्ट रनर अपमा अञ्जु थापामगर र सेकेण्ड रनर अपमा नितु सिंह ठकुरी हुनुभयो ।

बिज्ञापन

कार्यक्रममा विविध सबटाइटल अर्वाडसमेत वितरण गरिएको थियो । जसमा मोष्ट डिसेन्ट शीतल याक्सो लिम्बु, मोष्ट स्मार्ट अञ्जु थापामगर, वेष्ट ट्यालेन्ट नितु सिंह ठकुरी, वेष्ट कम्प्लेक्सन रोजिना वैद्य, मोष्ट कन्फिडेन्ट नुर्साङ तामाङ देउला, मोष्ट एक्टिभ दिनुसा सम्वाहाम्फे लिम्बु, मोष्ट डाइनामिक मनु लिम्बु, मोष्ट ग्रेसफुल ललिताकुमारी खड्का बान्तवा, मोष्ट प्यासोनेट निता श्रेष्ठ रिमाल, मोष्ट डिलिजेन्ट स्वेता राई, वेष्ट डिसिपिलिन सिर्जनादेवी श्रेष्ठ, वेष्ट पर्सनालिटी अरुणा विश्वकर्मा, वेष्ट फोटोजेनिक भावना निरौला भट्टराई, मोष्ट डेडिकेटेड सुमित्रा बुढा गुरुङ, मोष्ट पपुलर श्वेता राई, पब्लिक च्वाइस रोजिना वैद्य, वेष्ट भिडियो च्वाइस सुमित्रा बुढा गुरुङ र वेष्ट मल्टिमिडिया विनर नुर्साङ तामाङ देउला हुन सफल हुनुभयो ।

करिब सवा दर्जन प्रतियोगीले तीन सातासम्म फेसन कोरियोग्राफर हिमानी सुब्बाबाट व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुति, क्षमता अभिवृद्धि, बौद्धिक विकासलगायत विषयमा तालिम लिएका थिए । कोरियोग्राफर सुब्बाले सुरुमै आकर्षक नृत्य गराउनुभएको थियो भने क्रमशः परिचयात्मक चरण, वेष्ट ड्रेस चरण, प्रश्नोत्तर र क्राउनिङ चरणहरूमा सम्पूर्ण प्रतियोगीलाई अब्बल गराउन तयारी पारी प्रस्तुत गराउनुभएको थियो ।

कार्यक्रमको निर्णायक मण्डलमा मिस नेपाल-२००० उषा खड्गी, अभिनेता तथा मोडल दिक्पाल कार्की, अभिनेता तथा इभेन्टकर्मी सिद्धार्थ सिंह, मिसेस मंगोल नेपाल-२०२५ तथा फेसन डिजाइनर टिना आले कवर मगर र फेस अफ नेपाल-२०२५ सदीक्षा श्रेष्ठ रहनुभएको थियो । विवाहित महिलाहरूको क्षमता उजागर गरी आफूभित्रको प्रतिभा पहिचान गरी प्रष्फुटन गराउने कार्यक्रमको आयोजना गरिएको इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले बताउनुभयो ।