पनौतीमा २१ दिने निःशुल्क बारिस्ता तालिम सम्पन्न

 

पनौती, भाद्र २१ – पनौती नगरपालिका वडा नं. २ द्वारा सञ्चालित २१ दिने निःशुल्क बारिस्ता तालिमको समापन कार्यक्रम आज सम्पन्न भएको छ।

बिज्ञापन

समापन कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी उपस्थित रहनुभएको थियो। विशिष्ट अतिथि वडा नं. २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी रहनुहुँदा, पनौती नगरपालिका वडा नं. २ का सचिव, सदस्यहरू तथा इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरका प्रबन्धक कामदेब शाह लगायतको सहभागिता रहेको थियो।

बारिस्ता तालिमका प्रमुख प्रशिक्षक सजिना दुलालले तालिमको प्राविधिक नेतृत्व गर्नुभएको थियो भने रिसेप्सनिस्ट मिनु शाहले कार्यक्रम संयोजन गर्नुभएको थियो।

समापन समारोहको सभापतित्व वडा नं. २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले गर्नुभएको थियो।कार्यक्रममा सहभागी सम्पूर्णलाई आयोजकले आभार व्यक्त गर्दै तालिमले युवालाई आत्मनिर्भर र रोजगारमुखी बनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेको छ।