काभ्रेपलान्चोक – काभ्रेको एक दुर्गम ठाउँ कोशिपारी चौरिदेउराली गाउँपालिका माझिफेदामा बुबा बिष्णु प्रसाद ढुंगेल र आमा टिका मायां ढुंगेलको कोख बाट जन्म लिएका शिब प्रसाद ढुंगेल शैलुङ्गेश्वरी साकोस संस्थाको सचिब हुनुहुन्छ भने उता लेखापढी व्यवसायमा समेत आज भोलि व्यस्त देखिनु हुन्छ । समुदायमा रहेर सामाजिक सेवा गर्न मन पराउने ढुंगेलको प्रारम्भिक शिक्षा गाउँकै स्कुलमा पुरा गरी उच्च शिक्षाको लागी बनेपामा वसी पुरा गरेको बताउनु भयो  ।
पछि गाउँमा नै केही गर्नु पर्छ भन्ने सोच राखेर चौरिदेउराली गाउँपालिका वडा नं. ३ माझिफेदामा रहेको शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी मा २०७५ सालमा शिक्षा उपसमितिमा रहेर काम गरेको बताउनु भयो । समाज सेवा गर्न रुचि राख्ने ढुंगेल शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्थामा सचिवको जिम्मेवारीमा रही हाल सम्म पनि कार्य गर्दै आएको बताउनु भयो । हुनत पछिल्लो समयमा केही सहकारीहरुको कारणले सहकारी क्षेत्र नै धरासायी हुने हो कि भन्ने चिन्ता थपिरहेको छ । यस विषयमा राज्य तथा नियमक निकायले बेलैमा चासो र समस्याको समाधान ननिकाल्ने हो भने समग्र सहकारी क्षेत्र तथा राज्यमा नै आर्थिक संकट उन्मुख हुने देखिन्छ । काभ्रेमा पनि धेरै सहकारीहरु यति बेला संकटमा परेका छन् । काभ्रे जिल्लाको केन्द्रबिन्दुको रुपामा चिनिने बनेपामा हेर्न हो भने सबै भन्दा बढि समस्य यहीँ रहेको पाइन्छ । काभ्रेको दुर्गम क्षेत्रको रुपमा चिनिने माझिफेदामा सहकारीको अवस्था के छ ? शहर र गाउँमा सहकारी सम्बन्धि स्थानीयहरुको भनाइ ? के शहरको जस्तै स्थिती हो त गाउँमा ? लगायत बिषयमा रहेर नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले काभ्रेको चौरिदेउराली गाउँपालिका वडा नं. ३ माझिफेदामा रहेको शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सचिव शिब प्रसाद ढुंगेलसँग गरेको समसामयिक कुराकानी : 
० सर्वप्रथम शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारीको बारेमा भन्नू पर्दा ?
शैलुङ्गेश्वरी वचत तथा ऋण सहकारी संस्था २०७२ साल चैत्र १५ गते विधिवत् रुपमा डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भएको संस्था हो । २०७२ सालमा चौरीदेउराली गाउँपालिका पर्ने साविक माझीफेदा गाविसमा विजारोपण भएको यस सहकारी हाल चौरीदेउराली गाउँपालिका भरि नै आफ्नो कार्य क्षेत्र रहेको छ । 
० सहकारीमा युवा पुस्ताको रुचि कसरी बढाउन सकिन्छ होला ?
सहकारीमा युवा पुस्ताको रुचि पहिलोको अवस्थामा अहिले बढी रुचि राखेको देखिन्छ । आफ्नो आर्थिक अवस्था मजबुत भएका र धेरै धन आर्जन गर्ने ब्यक्तिहरु बैक तिर आकर्षित भैरहेका छन् भने निम्न आयस्तर भएका गाउँले जनजिवनमा रहेका सर्वसाधारण मानिसहरु सहकारी क्षेत्र तिर नै रहेका छन् । ती गाउँ बाट जम्मा भएका स-साना पुजीहरुले नै आज धेरै मानिसहरु लाई आर्थिक अवस्था उकास्ने काम भैरहेको छ । सानो सानो व्यवसाय व्यापार गरेर खानेहरु लाई बैकले ऋण लगानी गर्दैन तर सहकारीले ती सबै वर्गका मानिसहरु लाई लगानी गरि आर्थिक अवस्था उकास्ने काम गरेको देखिन्छ जसले गर्दा युवा पुस्ता मात्रै नभए सबैको केन्द्र बन्न सक्छ सहकारी क्षेत्र । 
० सहकारी क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको कमी छ । यस क्षेत्रमा अनुसन्धानात्मक विकासका लागि के गर्नुपर्छ ? 
सहकारी क्षेत्रमा गहिरो अध्ययन र अनुसन्धान गर्नुपर्ने जरुरी भैसकेको छ । यस क्षेत्रको अनुसन्धात्मक विकासको लागी राज्य तथा प्रदेश त्यसै गरी स्थानियतहहरुले सहकारीको विकास तथा नियमक निकायले अध्ययनको लागि बार्षिक कार्यक्रमै बजेट छुट्याएर विविध कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने हुन्छ । मुलुक संघियतामा जानु भन्दा अगाडी डिभिजन सहकारी कार्यालयहरु हुदाँको अवस्थामा बरु धेरै विकास भएका सहकारी क्षेत्र आज राज्यको तिन तहका सरकार हुदाँ त्यति व्यवस्थित भएको देखिएको छैन । जिल्ला सहकारी संघ, प्रदेश सहकारी संघ तथा राष्ट्रिय सहकारी संघहरु लाई परिचालित गरी यस क्षेत्रको अध्ययन अनुसन्धान तथा निति नियम निर्माणमा राज्यले सहयोग लिन सक्छ र लिनुपर्दछ ।
० आफ्ना शेयर सदस्यहरुलाई कस्तो सुविधा दिनुभएको छ, यो परिस्थितिमा ?
बेला बेलामा वा मासिक रुपमा बैंठक राख्दै संस्थाको क्रियाकलाप तथा आर्थिक पक्ष लाई  नियाल्दै सदस्यहरुको मनोभावना बुझी सदस्यको सेवामा अघि बढ्दै छौ । सहि समयमा सही निर्णय लिन सकियो भने पुरा सहकारीको सञ्चालन पक्ष लाई सफल बनाउन सकिन्छ । भै परी आउने विभिन्न दुर्घटनाहरु बाट पिडित सदस्य तथा तिनका परिवार लाई उपयुक्त राहातका कार्यक्रम ल्याउने थप निति समेत ल्याउने योजनामा छौ । कृषि क्षेत्रको विकासको लागि थप सहुलियतहरुको ब्यवस्था गरी आफ्ना सदस्यहरुको आर्थिक अवस्था लाई मजबुत बनाउने योजनामा लागेका छौ ।
० धेरै बर्ष भयो तपाईले सहकारीमा आवद्ध भएर काम गर्न थाल्नु भएको खासमा सहकारी भनेको चाहीँ के हो त ?
 सहकारी शब्द नै काफि छ नि । आर्थिक तथा उत्पादन मुखि कार्यहरु गर्न समुहमा मिलेर गरिने कार्य नै सहकरी हो । सदस्यहरुको संयुक्त स्वामित्व नियन्त्रण बाट सञ्चालित ब्यवसाय मार्फत आफ्नो आर्थिक सामाजिक आकांक्षाहरु पुरा गर्ने स्वेच्छिक रुपमा एकजुट हुने ब्यक्तिहरुको संगठन नै सहकारी हो । 
० सहकारीले सोझासिधा जनतालाई ऋण लगानीको बहानामा उठिबास लगाउछन भन्ने आरोप लाग्ने गर्छ । यसमा के भन्नुहुन्छ ?
एउटा सहकारी विग्रियो भन्दैमा सबै लाई आरोप त कहाँ लगाउन मिल्छ र हजुर । सबैलाइ एउटै नजरले हेर्नु हुदैन ।अहिलेको अवस्थामा २-४ वटा सहकारीले गरेको बदमासी कार्यले सहकारी क्षेत्रलाइ नै असर त परेको छ । यस्ता भ्रममा नपरिदिनुहुन म हाम्रा शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सदस्यहरु लगायत सम्पुर्ण सर्वसाधरण वचतकर्तामा अनुरोध गर्न चाहन्छु । अहिलेको अवस्थमा सहकारी लाई कसरी जोगाउने भन्ने कुरा विभिन्न संघ संस्थामा विविध छलफल भएको पनि देखिन्छ । यस्तो अवस्थामा आर्थिक सामाजिक रुपमा संस्थाका सदस्यको समेत महत्वपुर्ण भुमिका रहनु पर्दछ । सहकारीहरुको अवस्था कस्तो छ । के कस्ता नयाँ कार्याक्रमहरु ल्याएका छन् जस्ता कुराहरु आफुले बचत राखेका सहकारीमा आफै वेला बेलामा गइ बुझिरहनु पर्दछ । 
० सहकारी ऐनमा राखिएको मुख्य कारोबारको विषयमा यहाँको के भनाई छ ? दोहोरो सदस्यता अन्त्यको विषयमा यहाँको राय के छ ?
अहिलेको मुल समस्या नै यहीँ दोहोरो सदस्या अन्त्य हो जस्तो मलाई लाग्दछ । किनकी आजको दिनमा हरेक ब्यक्तिको दुई वा दुई भन्दा बढी संस्थामा सदस्य लिएका र कारोबार गरिरहेका छन् । एक सहकारी एक ब्यक्ति भन्ने नियम त बन्यो तर कार्यान्वयन गर्न पक्ष फितलो भयो र कार्यान्वयन हुन सकेन । कार्यान्वयन हुन निकै कठिन समेत छ। 
० सहकारीहरुले बचतकर्ताहरुको पैसा कुम्ल्याएर भागिरहेका छन् नि ? के यसमा सहकारीकर्मीहरुको कुनै दायित्व हुँदैन ?
सबै सहकारीका बचत कर्ताहरु यो समयमा आफ्ना बचत एकै पटक फिर्ता माग्न जानुको कारणले पनि सहकारीहरुले एकै पटक बचत फिर्ता गर्न सकेको अवस्था नभएको यथार्थनै छ । हल्लाको पछी पनि लाग्नु भएन । देश नै आर्थिक संकटमा उन्मुख रहेको छ भन्ने त हामिले सुने कै छौ । समग्र सहकारीको तरलता ब्यवस्थापनका लागि कुनै स्रोत ल्याउन सकिने अवस्था पनि छैन । कुनै कुनै सहकारीका संचालकहरुले आफूखुसी रकम चलाउने¸आफूखुसी कर्मचारी नियुक्ति गर्ने ¸घर जग्गाको क्षेत्रमा बढी भन्दा बढी ऋण लगानी गर्ने तथा कारोबार प्रणाली तथा लेखा ब्यवस्थापनमा प्रविधिको प्रयोग उचित ढंगले नगर्ने कारणले गर्दा केही सहकारीहरुमा यस्तो खालको समस्या देखिन गएको हो । 
० अहिले जति धेरै नाफा कमायो त्यो सहकारी चाहीँ राम्रो भनेर बुझ्ने चलन छ नि ?
सहकारी संस्था सेवा मुलक संस्था हो । आफुले लागानी गरेका आफ्ना सदस्यहरुको कृषि तथा ब्यापार ब्यवसायमा चाहिँ नाफा हुने हिसावले लाग्नु जरुरी छ । आफ्ना सदस्यहरु केन्द्रित विविध कार्याक्रमहरु सञ्चालन गरेर पनि सस्थागत पुजि बढाउन सकिन्छ जसले सस्थाको स्वभाविक नाफा बढाउन सक्छ । जुन नाफा सदस्यहरु कै हितमा सञ्चालन गर्नु पर्दछ । नाफा धेरै भएको भन्दा पनि आफ्ना सदस्यहरुको बचत सुरक्षित छ छैन । निति नियममा चलेको छ छैन । बार्षिक साधारण सभा गरेको छ छैन । भन्ने कुरा महत्वपुर्ण कुरा हो । 
० भावी योजनाहरु के छन् ?
हाम्रो अवको भावी योजना शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी सस्थाको सदस्य केन्द्रित कार्यक्रमलाइ बढी जोड दिनेछौ । यस्तै सहकारीको उपस्थिति बाट सदस्यहरुको जिवन शैलीमा सकरात्मक परिवर्तनको लागि लाग्ने छौ । देखिने गरी सदस्यहरु लाई सिप सिकाइ स्वरोजगार आय आर्जन कार्यमा सहभागिता गराइ आर्थिक पक्ष सबल बनाउन विषेश जोड दिनेछौ । अवको समय भनेको युवा पुस्ताको समय हो । हामी युवा पुस्ताहरु लाई समेटी निति तथा कार्यक्रमहरु लिएर अगाडी बढ्दै छौ । 
० अन्तमा ?
हामी धेरै सदस्य भन्दा सन्तुष्ट सदस्य धेरै हुने गरी आगामी कार्यक्रम संचालन गर्ने छौ । सदस्य भनेका सस्थाका मालिक हुन । संस्था सदस्यहरुको सम्पत्ति हो । यस लाई हुर्काउने बढाउने भत्काउने बनाउने दिगो वनाउने जिम्मेवारी भनेको सदस्यहरुको हुनेछ । अहिलेको अवस्थामा हल्लाको पछाडी नलागी संस्थाको वारेमा बुझेर नियमित बचत गरिदिनुहुन सदस्यहरुमा आग्रह गर्न चाहन्छु । यस शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था सदस्यहरुको सजिलोमा मात्र होइन अप्ठ्यारोमा पनि सदस्यहरुको साथमा रहने छ भन्न चाहन्छु । त्यसैले सदस्यहरुले अप्ठ्यारो पनि साथ दिनुहोला । नचाहिदो हल्लाको पछाडी नलाग्नुहोला भन्न चाहन्छु । यस शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्थामा आजको दिन सम्म पनि कुनै आर्थिक संकट देखिएको छैन । हाम्रो सदस्यहरुलाई ढुक्क भएर बचत गरिदिनुहुन अनुरोध गर्दछु । साथै  केही कुरा राख्ने अवसर दिनुभएकोमा तपाई लगायत नव क्षितिज साप्ताहिक परिवार लाई हार्दिक धन्यवाद प्रटक गर्दै आभार ब्यक्त गर्दछु । जय सहकारी । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..