मोहन कृष्ण होमागाईं ।

आज प्रतिबन्धीत कविता पढ्दै छु म
अहिले त कोपिला हुँ ,उमेरको उकालो चड्दै छु

यहि उकालोमा ,नयाँ पाठ सिक्दै छु साथी
आउ साथ देउ प्रतिबन्ध विरुद्ध लडदै छु म

स्वाभिमान स्वतन्त्रताको पाठ सिकाउदै
ए प्रतिबन्धको आदेश दिने हरु

 

हिम्मत र आटको कसीमा आफुलाई रग्ड्दै
यो विशाल समुदाय बोकी , सफलता तिर बढ्दै छु

तिमी भन्छौ तिमी यसो नलेख , उसो नलेख तर कविता लेख
सक्छौ भने मिठा मिठा लेख र नमिठा नलेख्

घाँटी मिमोठने होड बाजीमा गर्दन थाप्न नजाउ
म नै सर्व शक्तिमान छु , सिर्फ मेरो ललिता लेख

 

म कवि हुँ गाली गलौच गर्न जान्दिन
कलम चलाउछु ज्ञान छर्न , तर गोली हान्दिन

तिम्रो बोल्ने अधिकारको मर्यादा गर्छु शासक
ज्यानै किन नजाउोस सम्झ तिमी

स्वाभिमानिता छोड्न जान्दिन ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..