बनेपा-  नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको जनपरिचालन समितीका संयोजक कंचन अधिकारीले काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभाको तयारी गरिरहेको बताउनु भएको छ ।
नेकपा एमाले काभ्रेको सबैभन्दा ठूलो राजनितीक शक्ति भएकाले उसको आमसभा विशाल र काभ्रेकै इतिहासमा ठूलो हुने उहाँले बताउनुभयो ।
एमाले काभ्रे धेरै संगठित सदस्य भएको र काभ्रेको विकास र समृद्धिको एजेण्डा बोकेको दल भएकाले यसको अधिवेशन भव्य हुने अधिकारीले जानकारी दिनु भयो । उहाँले यो अधिवेशनले काभ्रेमा एमालेको अवस्थाको मात्रै चित्रण गर्ने नभएर आगामी निर्वाचनमा एमालेको आकार कस्तो बनाउने भन्ने भएकाले कम्तिमा ५० हजारको उपस्थितीमा आमसभा गर्ने बताउनुभयो ।
उहाँले काभ्रेलाई समृद्ध बनाउने विकासको नेतृत्व एमालेले गरेको र काभ्रेको विकासको रोडम्याप एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले गर्नुभएकाले अधिवेशनमा कम्तिमा पनि ५० हजारको सहभागिता हुने अधिकारीले स्पष्ट पार्नुभयो ।
काभ्रेमा हरेक विकास र समृद्धिको योजनाको नेतृत्व गोकुल बाँस्कोटाले गर्नुभएको कुरा आम काभ्रेलीको आवाज भएकाले त्यसलाई थप बल पु¥याउन अधिवेशनले निक्कै ठूलो काम गर्ने बताउनु भयो । उहाँले कसैको भ्रममा नपर्न काभ्रेबासीलाई अनुरोध गर्नुभयो । ‘यो नेकपाकै निरन्तरता हो । हजारौ कार्यकर्ता र नागरिकको उपस्थितीमा विशाल आमसभा हुनेछ’ अधिकारीले भन्नुभयो ।
यसलाई नेकपाकै निरन्तरताको रुपमा अघि सारिएको छ । नेकपा एमालेको सिंगो पार्टी र माओवादीका धेरै नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेकाले पनि काभ्रे एमालेको जिल्ला अधिवेशनले धेरै कुराको सन्देश दिने अधिकारीले बताउनु भयो ।
जिल्ला अधिवेशन विगतमा जस्तै भव्य, सभ्य र व्यवस्थित हुने गरेको छ । यसलाई आम काभ्रेलीले मात्रै नभएर छिमेकी जिल्लाहरुमा समेत हेर्ने भएकाले हामीले व्यापक तयारी गरिरहेका छौ ।
अधिवेशनलाई सफल बनाउनको लागि प्रत्येक पालिकामा बैठक गरिरहेका छौ । प्रत्येक पालिकाले हजारौको संख्यामा जनसहभागिता जुटाउने तयारीमा हामी लागेका छौ । पालिकाको बडा तथा टोलमा बैठक बस्ने प्रचार गर्ने काम गरिरहेका छौ अधिकारीले भन्नुभयो ।
२०६४ सालमा एमालेको सातौ जिल्ला अधिवेशन काभ्रेकै विशाल भएको थियो ।  ‘जुन बेला माओवादीको दबदबा रहेको थियो । त्यस्तो समयमा काभ्रेको इतिहासमै सबैभन्दा ठूलो जनसहभागितामा हामीले जिल्ला अधिवेशन गरेका थियौ’ अधिकारीले भन्न्ुभयो, सो अधिवेशनको जगमा २०७० सालको निर्वाचनमा काभ्रेमा एमाले पहिलो पार्टी बन्न सफल भयो । त्यसपछि निरन्तर काभ्रेमा पहिलो पाटीको रुपमा एमाले स्थापित छ । स्थानीय तहको निर्वाचनमा काभ्रेमा १३ मध्ये ७ वटा स्थानीय तहमा बहुमत सहित एमाले विजयी भएको अधिकारीले बताउनु भयो ।
धुलिखेल अधिवेशनबाट काभ्रेमा एमालेको अवस्था कस्तो रहेको छ भनेर देखाउन चाहेको अधिकारीले बताउनुभयो  ।   गाँउ गाँउमा उत्साह छाएको छ । विद्यार्थी, युवा, मजदुर, किसान, बुद्धिजिवी पौष २३ को व्यग्र प्रतिक्षामा रहनु भएको छ ।
एमालेको १० औ जिल्ला अधिवेशनले नेकपाकै निरन्तरता रहेको सन्देश दिन चाहन्छ । सिंगो एमाले र माओवादीका जिम्मेबार नेताहरु काभ्रेमा एमालेसँग रहेको कुरा पुष्टि अधिवेशनले गर्छ अधिकारीले भन्न्ुभयो । अधिवेशनको दुईबटा पाटा रहने र सबै नेता तथा कार्यकर्ताको योजना खुल्ला सत्र सफल रुपमा सम्पन्न गराउने दायित्व छ । बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने भएकाले त्यो सफल पार्न प्रतिनिधी चयन भैसकेका छन् । उहाँले पौष २३ गते काभ्रेमा विशाल पर्व भएकाले सो पर्वमा सहभागी हुन सबैलाई अनुरोध गर्नुभयो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..