ज्योती एकेडेमीमा सातदिनीय खेलकुद सप्ताह सुरु

 

बनेपा । बनेपास्थित ज्योती एकेडेमीमा आजदेखि सातदिनीय खेलकुद सप्ताह औपचारिक रूपमा सुरु गरिएको छ। उद्घाटन समारोहको अवसरमा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै रंगीन प्रस्तुतिहरूका साथ कार्यक्रमको सुरुवात गरेका थिए।

बिज्ञापन

कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका प्रधानाध्यापक महेन्द्र विष्टले खेलकुदको महत्त्वमा जोड दिँदै भने, “खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र होइन, अनुशासन, सहकार्य, नेतृत्व र आत्मविश्वासको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्छ।” उनले विद्यार्थीहरूलाई खेललाई आफ्नो दैनिक जीवनको अंग बनाउँदै स्वस्थ र प्रतिस्पर्धात्मक सोच राख्न प्रेरित गरे।

सात दिनसम्म चल्ने खेलकुद सप्ताहमा विभिन्न खेल प्रतियोगिता तथा मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन हुने विद्यालयले जनाएको छ। अन्तिम दिन विजेता टोली र उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार वितरण गरिनेछ।