काभ्रेपलान्चोक – शुलभ शुल्कमा प्रभावकारी स्वास्थ्य सेवा दिई छोटो समयमा आम विरामीहरुको विश्वासको स्वास्थ्य केन्द्रको रुपमा परिचित बनेपा हेल्थ केयरमा यहि भदौं १ गते देखि दैनिक रुपमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा सञ्चालनमा आएको छ ।

काठमाडौंको चर्चित अस्पतालहरुमा स्वास्थ्य सेवा दिदै आउनुभएका वरिस्ठ स्त्री तथा प्रसुति, तथा वाझोपन विशेषज्ञ डा.चुनुमिला महर्जन द्धारा प्रत्येक दिन बिहान १० बजे देखी दिउ“सो ३ बजे सम्म सेवा प्रदान गर्नुहुने भएको छ ।

स्त्री तथा प्रसुति रोगका विविध विरामीहरुको स्वास्थ्य समस्याहरु काठमाडौं सम्म धाएर जानुनपरोस् हाम्रै सहर बनेपामा नै यस्त समस्याहरुको समाधान होस् र विरामीको सेवा गर्न पाइयोस् भन्ने मुल अभिप्रायले काठमाडौं बाट विशेषज्ञ झिकाएको संस्थाका प्रबन्ध निर्देशक जितेन्द्र कुमार थापाले बताउनुभयो ।

महिलाहरुका विविध स्वास्थ्य समस्याहरु जस्तै पिसाव पोल्ने, पिसाव गर्दा दुख्ने, स्तन सुन्नीने÷दुख्ने, महिनावारीमा धेरै पेट दुख्ने, धेरै रगत देखा पर्ने, यौंनाङ्ग चिलाउने, सेतो पानी बग्ने, आङ खस्ने जस्ता स्वास्थ्य समस्याहरुको जांच तथा उपचार हुने बनेपा हेल्थ केयरका नव नियुक्त डा. चुनुमिला महर्जनले जानकारी दिनुभयो ।

बनेपा हेल्थ केयरले आउने दिनमा आना सेवाहरु अझ परिस्किृत तथा छिटो छरितो बनाई आम विरामीहरुलाई सहजता प्रदान गर्दै जाने कुरा निर्देशक जिवित थापाले जानकारी दिनु भयो

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..