लभ स्टोरिमा आधारित उक्त भिडियो कृय्टिभ हेट्स ( Creative Hats) नामक  युटयुबमा हालसालै सार्वजनिक भएको छ ।
बिश्व महामारीको रूपमा फैलिएको कोभिड-१९ ले सिनेमा क्षेत्रको  उत्पादनमा समस्या भएतापनि म्युजिक भिडियो उत्पादनको क्रम रोकिएको छैन बरु दिनानुदिन म्युजिक भिडियो निर्माण गर्ने लर्को बढेको छ र नायक नायिकाहरु म्युजिक भिडियो मार्फत आफ्ना दर्शकरु माझ पुगिरहेका छन ।

उक्त म्युजिक भिडियो “एउटा सपना छ” का निर्देशक हरि हुमागाँईले कलाकारको नामबाट  वर्तमान समयमा गरिएका विभिन्न खाले चरीत्रहत्या लगाएत फट्याँईले म्युजिक भिडियो लगाएत जुनसुकै निर्माणका कार्यमा  पनि असर परेको कुरा प्रष्ट पार्नुभएको छ र व्यक्तिगत दुर्भावना बोकेर कुनैपनि कलाकार या निर्देशक निर्माताको चरीत्र हत्या लगाएत व्यतर्क गरेर अफवाह नफैलाउनका लागी  आग्रह समेत गरेका छ्न।

लगभग १८ मिनेटको भिडियो मार्फत हुमागाँईले प्रस्तुत गरेको कथा बस्तु समसामयिक र युवा वर्गले रुचाएको  आधुनिक लभ स्टोरी आधारित म्युजिक भिडियोका रूपमा स्थापित भएको छ।

https://youtube.com/watch?v=SnSWDAE56kg&feature=share

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly